कृषि रणनीतिको लागि युवाको खाँचो


दिपक बस्नेत

“आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ । हरेक देश वा विश्वको तथ्यांक जोडिने वित्तिकै उत्पादन भन्ने बुझिन्छ । उत्पादन गर्नको लागि उचित विउ र उचित स्थान के ? अब कृषि उत्पादन मार्फत जनतालाई तयार पारी कृषि क्रान्ति गराउन जरुरी छ । हामी विशेष स्थान सहितको कुषि उत्पादनमा जोड गर्नेछौं । वास्तवमा हाम्रो भुभाग र भौगोलिक बनोट राम्रो भएका कारण पनि कृषि उत्पादन बलियो रहेको छ । त्यसैले त कृषिप्रधान देश भनिएको हो । हिमाली क्षेत्रलाई स्याउ मार्फत आत्मानिर्भर बनाउन सकिन्छ । जापान हिमाली क्षेत्र बढी भएको देश हो । त्यहां स्याउ उत्पादन मार्फत आत्मानिर्भर भईरहेको छ भने नेपाल झन भौगोलिक बनोट अनुसारको उत्पादन गर्न सक्दा आफै आत्मानिर्भर हुन्छ । अब देशमै सिंचाई गर्ने वातावरण बनाउनुपर्छ । म त अझ भन्छुकी बाग्मति नदीलाई कोसी र मेचीमा जोडेर सिंचाई गर्नुपर्छ । पस्चिम महाकाली र कालीगण्डकीको पानीलाई सिंचाई उपयोग गरि उत्पादनमा जोड गर्नुपर्छ । देश विदेशमा रहेका नेपालीलाई जोडेर उत्पादनमा जोड गर्नेछौं । यसरी जान सक्दा कुनै पनि नेपाली युवाहरु रोजगारीको लागि विदेशीन बाध्य हुने छैनन् ।

काठमाडौं । हाम्रो जस्तो कृषि प्रधान देशमा गतिलो रणनीतिको अभावमा उत्पादन गर्न सकिरहेका छैनौ । हरेक कच्चा पदार्थ, औषधीजन्य जडिबुटी र देवीदेउरालीले भरिएको देश तर अपसोच हाम्रो रणनीति विश्वसनीय नभएको कारण सधै गरिब भएर बाँच्नु परेको छ । यस कारण वा दोषी, हामी आफै हौं । किन कि कुनै पनि देश कलकारखाना र उत्पादन विना धनी हुन सक्दैन । आज उत्पादनमा राम्रो रणनीनि भएकै कारण एसियाकै गरीव देश चीन आज विश्वकै धनी हुने क्रममा रहेको छ । उत्पादन बेचेर आज उसले त्यो स्थान बनाएको हो । अब हामी पनि उत्पादन बेचेर देशलाई धनी बनाउन हामी सबै लाग्नूपर्दछ । त्यसैले हाम्रो दशको उत्पादनलाई पनि मेड ईन नेपाल भनेर विश्व बजारमा पुर्‍याउन हामी दत्तचित्त भएर लागि रहेका छौं । तथ्यांकलाई हेर्ने हो भने युरोपेली देशहरुमा एक केजी गोलभेडाको चारदेखि पाँच रुपैया पर्दछ । तर हाम्रो देशमा दश देखि १५ रुपैयाँमै उत्पादन हुन्छ । यो भनेको सस्तो उत्पादन हाम्रै हो ।

त्यसकारण हामीले अब हामीले हाम्रो देशको श्रमिक बेच्ने होईन, फिर्ता गराउने हो । सस्तो उत्पादन र सस्तोमा बेच्नु भनेकै पर्याप्त श्रमिक आवश्यक पर्दछ । त्यसपछि विस्तारै विदेशमा रहेका श्रमिकहरु स्वदेश फर्कनेछन् । हाम्रो देशलाई बनाउन र व्यस्त बनाउन नीति नियम नै परिवर्तन गर्नुपर्दछ । उत्पादन बढाउन रोजगारी पनि बढाउनै पर्दछ । सिंचाई व्यवस्था, मल तथा रसायनिक मल व्यवस्थाका लागि म एक युवक खम्बा बनेर निरन्तर लागिरहेको छु । अब रणनीति र प्रक्रिया अघि बढाउन कुनै व्यक्ति र सम्वन्धित निकाय कसैले रोक्न सक्ने छैन । नेपालीहरु व्यस्त र देशप्रति समर्पित हुने वित्तिकै कुनै अपराध हुँदैन र जेलको आवश्यकता पर्दैन । किनकि जेलमा मान्छे थुनेर राख्ने होइन नि । विकासमा लगाउने हो । आज चीनका कैदीहरुले विश्वमा काम गरिरहेका छन् । त्यसरी कैद भुक्तान गरिरहेका छन् ।

उत्पादनले जापान र दक्षिण कोरियामा पाउने तलव भन्दा बढी गर्ने आह्वान गरिरहेका छौं । यदि देशमा सिस्टम भईदिएको भए मेरो देशमा कोही पनि भौतारिने थिएनौं । देशमा आठ घण्टा डियुटी भनिएको हुन्छ तर तीन घन्टा पनि काम गरेको देखिएन । कारण नीति र सिस्टममै जोडिन्छ । के काम समयमा काम गरिन्छकि चिया खाने, गफ गर्ने र आलटाल गर्ने नीति सबै नेपालीमा भएको कारण विकासको लागि अगाडि बढ्न नसकिएको देखियो । सायद काम अनुसारको रकम अथवा घण्टाको सिस्टममा किन लगिएन ? यो अति जरुरी छ र कृषि नीतिलाई स्कुलमा पढाउने र प्राक्टिकल बनाउन जरुरी छ । यो नीतिको लागि पनि हामी होमवर्क गरिरहेका छौं । हाम्रो देश कृषि प्रधान देश भएर पनि उत्पादनलाई किन जोड गरिएन ? म कृषि मन्त्री ज्युलाई प्रश्न गर्न चाहन्छु कि- के हेरेर बस्नु भएको छ ? कृषिमा रासायिनिक मल र बिउविजुको पहल गर्नु पर्दैन ? आधुनिक खेतीको लागि उपकरण ल्याउनु पर्दैन ? तराईमा तीन बाली हुने जग्गा बाँझो बसिरहेका छ । तीन बाली खेती गर्नुपर्दैन ? देशमा उत्पादन भएका प्रडक्ट अन्तराष्ट्रिय स्तरमा बेच्न पहल गर्नु पर्दैन ? मन्त्री ज्यू यदि यि कामहरु तपाइर्ले गर्नु हुन्न भने हामी गर्नेछौं । यदि हामीले गर्नु पर्ने हो भने तपाईहरु चुप लागेर बस्नुपर्ने हुन्छ ।

कृषि रणनीतिका लागि सय अभियान प्रभावकारी बनाई बेरोजगार र विदेशमा रहेका सम्पूणर् नेपाली श्रमिक युवाहरुलाई स्वदेश फर्काउने अभियानमा हामी लागिसकेका छौं । हाम्रो उत्पादनलाई व्यापारिकरण र अन्तराष्ट्रियकरण गर्दै देशलाई धनी बनाउने अभियानमा छौं । अब देशमा उत्पादन भएन भने देश नै अब नरहन सक्छ, विभाजन हुन सक्छ । अब उत्पादन बढाई अन्तराष्ट्रिय व्यापार सम्झौता गरि अघि बढ्न अनिवार्य भईसकेको छ । कृषिलाई प्रगतिशील बनाउनुपर्छ, यो ध्रुवसत्य कुरा हो कि अब नेपाल उत्पादनबाटै आत्मानिर्भर हुन जरुरी छ । यस काममा बाधक बन्ने जो कसैलाई नेपाली जनताले छाड्ने छैनन् । अब हाम्रो पाइला रोकिदैन, रोक्न खोज्नेलाई नै घातक हुन्छ । आज इजराइल जस्तो मरुभुमीको देश माटो किनेर उत्पादनमा जोड गरी कृषि प्रधान देश बनेको छ भने हाम्रो हिरा जस्तो देशलाई यो हालत बनाउने ? अब नेपाली जनताले बुझिसकेका छन्, यि नलायक राजनीतिक दलहरुलाई छाड्ने छैनन् ।

कृषि उत्पादनको साथै हामीले कोल्ड स्टोरमा जोड गर्छौै । त्यसका लागि प्रत्येक जिल्लाबाट सय रुपैया उठाउँने र यसलाई पछि बढाउदै लगिनेछ । यसरी स्वरोजगार शक्ति बढ्दै जानेछ । कृषि बिउ तथा मल दिनुको साथै घण्टाको हिसावले काम लगाइने व्यवस्था गरिने छ । अब गाँजा खेतीलाई राज्यले वैधानिकता दिनैपर्छ । जसबाट ठुलो आम्दानीको स्रोत हुनेछ । कृषक, कृषि क्रान्तिको लागि मर्न र मार्न तयार भएर लागिसकेका छौं । देशमा उत्पादन गरेको कृषि उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउने योजना सहित हामी अगाडि बढिरहेका छौं । हाम्रो देशलाई कृषिप्रधान देश भनिन्छ र हो पनि । नेपाल सानो देश भएपनि भौगोलिक विविधता अचम्मको रहेको छ र त्यही भौगोलिक अवस्था अनुसार उत्पादनमा जोड गर्न सकिन्छ, तर त्यसो गरिएन । अहिले भारतबाट आउने उत्पादन सस्तो र नेपाली उत्पादन महंगो छ भनिएको छ जुन अत्यन्त सुनियोजित बनाइएको हो । खासमा त्यस्तो होईन ।

नेपाललाई उत्पादनमा जोड्न म एक युवक कृषि क्षेत्रको विकासको लागि दत्तचित्त भएर लागेको छु । यसका लागि जुनसुकै लडाई लड्न परेपनि तयार रहेको छु, यसका लागि नेपाली कृषि-कृषकहरुलाई साथ दिन अनुरोध गर्दछु । सय दिनसम्म पनि कसैले सुन्दैनन् र देख्दैनन् भने १०१ दिनपछि अवश्य देख्नेछन् । र मेरो देशको जनतालाई रोजगार दिलाएरै छाड्छौं । कृपया हाम्रो देशमा केही पनि हुंदैन, केही गर्न सकिदैन भन्ने मानसिकता त्यागौं । हामी गर्न सक्छौं, हामीले नै देश बनाउने हो र सक्छौं साथै म गर्न सक्छु भन्ने संकल्प गरौं, अवश्य गन्तव्यमा पुग्न सकिन्छ । त्यसैले म एक व्यक्ति-युवक त प्रयत्न गरिरहेको छु भने हामी सबै मिल्दा कसो गन्तव्यमा नपुगिएला त । त्यसैले एक ढिक्का हुन सबैमा अनुरोध गर्दछु ।

नेपालको उत्पादन विश्वमै सस्तो रहेको छ, तर भ्रम फैलाईयो । तीव्र उत्पादन हुने वित्तिकै प्रतिस्पर्धा बढ्छ र सस्तो हुन्छ । उत्पादन गर्नको लागि उचित विउ र उचित स्थान के ? अब कृषि उत्पादन मार्फत जनतालाई तयार पारी कृषि क्रान्ति गराउन जरुरी छ । हामी विशेष स्थान सहितको कुषिमा जोड गर्नेछौं । वास्तवमा हाम्रो भुभाग र भौगोलिक बनोट राम्रो भएका कारण पनि कृषि उत्पादन बलियो रहेको छ । त्यसैले त नेपाललाई कृषिप्रधान देश भनिएको हो । हिमाली क्षेत्रलाई स्याउ मार्फत आत्मानिर्भर बनाउन सकिन्छ । जापान हिमाली क्षेत्र बढी भएको देश हो । त्यहां स्याउ उत्पादन मार्फत आत्मानिर्भर भईरहेको छ भने नेपाल झन भौगोलिक बनोट अनुसारको उत्पादन गर्न सक्दा हाम्रो देश आफै आत्मानिर्भर हुन्छ । अब देशमै सिंचाई गर्ने वातावरण बनाउनुपर्छ । म त अझ भन्छुकी बाग्मति नदीलाई कोसी र मेचीमा जोडी सिंचाई गर्नुपर्छ ।

तराईका खेतीयोग्य जमिनलाई सिंचाई गर्नैपर्छ, त्यो काम हामी गर्छौं । हाम्रो देशका प्रत्येक वन जंगल उपयोग भईरहेका छनन् । मुख्यतः हाम्रो महत्वपूणर् जडिबुटी खेर गईरहेका छन् । साथै ती बन जंगलका पातपतिङगरलाई प्रारंगरिक मल बनाउनुपर्छ र कृषकलाई जोड्नुपर्छ । साथै जैविक मलको फ्याक्ट्री संचालनमा ल्याउंछौं । सम्पूणर् कामलाई समायोजन गरि उत्पादन बेच्ने र कोल्ड स्टोर राखी व्यवस्थापन गर्छौ । उत्पादन नभएकै कारण युवाहरुको बेराजगार बढ्दो छ र विदेशीन बाध्य भएका छन् । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं ।

के नेपालमा कृषिको लागि कृषकले मन मारेकै हो त ? जुन कारण उत्पादन र बजारीकरण अभावले हो । साथै अन्तराष्ट्रिय बजार अभाव र मुल्य निर्धारण हुन नसक्दा पनि यस्तो अवस्था देखिएको हो । त्यसैले कृषिका लागि कोल्ड स्टोर अनिवार्य भईसकेको छ । अर्को मौसम अनुसारको बिउ विजन पनि अनिवार्य छ । उत्पादनलाई बेच्न एक सुविधा सम्पन्न कोल्ड स्टोर अनिवार्य रहेको छ । अब हामी श्रम बेच्ने होईन, उत्पादन बेच्न लाग्नुपर्दछ । मेड इन नेपाल भनेर प्रडक्ट बेच्ने हो, श्रम बेच्दैनौ । हाम्रो यस १०० अभियानमा नेपाली जनता स्वःइच्छाले जोडिन आह्वान गर्दछौं । उत्पादनका लागि सरकारी जग्गा, बाँझो जग्गा र खेर गएका सबै जग्गा प्रयोगमा ल्याइने छ र श्रमदान समेत गरिने छ । यदि सरकारले सहयोग गर्दैन भने हामीसंग खोसेर लिनेछौं । जति उत्पादन भएपनि कोल्डस्टोरको व्यवस्थालाई प्रभावकारी बनाइने छ ।

नेपाललाई उत्पादनमा जोड्न म एक युवक कृषि क्षेत्रको विकासको लागि दत्तचित्त भएर लागेको छु । यसका लागि जुनसुकै लडाई लड्न परेपनि तयार रहेको छु, यसका लागि नेपाली कृषि-कृषकहरुलाई साथ दिन अनुरोध गर्दछु । सय दिनसम्म पनि कसैले पनि सुन्दैनन् र देख्दैनन् भने क१०१ दिनपछि अवश्य देख्नेछन् । र मेरो देशको जनतालाई रोजगार दिलाएरै छाड्छौं । कृपया हाम्रो देशमा केही पनि हुंदैन, केही गर्न सकिदैन भन्ने मानसिकता त्यागौं । हामी गर्न सक्छौं, हामीले नै देश बनाउने हो र सक्छौं साथै म गर्न सक्छु भन्ने संकल्प गरौं, अवश्य गन्तव्यमा पुग्न सकिन्छ । त्यसैले म एक व्यक्ति-युवक त प्रयत्न गरिरहेको छु भने हामी सबै मिल्दा कसो गन्तव्यमा नपुगिएला त । त्यसैले एक ढिक्का हुन सबैमा अनुरोध गर्दछु ।

तराईका खेतीयोग्य जमिनलाई सिंचाई गर्नैपर्छ, त्यो काम हामी गर्छौं । हाम्रो देशका प्रत्येक वन जंगल उपयोग भईरहेका छनन् । मुख्यतः हाम्रो महत्वपूणर् जडिबुटी खेर गईरहेका छन् । साथै ती बन जंगलका पातपतिङगरलाई प्रारंगरिक मल बनाउनुपर्छ र कृषकलाई जोड्नुपर्छ । साथै जैविक मलको फ्याक्ट्री संचालनमा ल्याउंछौं । सम्पूणर् कामलाई समायोजन गरि उत्पादन बेच्ने र कोल्ड स्टोर राखी व्यवस्थापन गर्छौ । उत्पादन नभएकै कारण युवाहरुको बेराजगार बढ्दो छ र विदेशीन बाध्य भएका छन् । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं ।

अब बैक तथा वित्तिय संस्थाहरुले कृषिमा दिने ऋण तथा लगानीको दायरा बढाउनुपर्छ । हामी हासियारका साथ भन्छौं कि गाँउ, टोल, जिल्ला साथै सबै क्षेत्रमा लगानी गर्नपर्छ । ३ प्रतिशतमा बैंकमा डिपोजिट र ५ प्रतिशतमा बैकले लगानी गर्नैपर्छ । यसलाई कार्यन्वयनमा ल्याएरै छाडिनेछ । अब कृषि-कृषक र युवाहरु तातितसकेका छन्, यसमा कोही पनि बाधक बन्छन् भने छाड्ने छैनन् । सिचाईको कुराहरुमा पनि सम्भव भएको ठाउँमा खेर गएका नदीनालाहरु सदुपयोग गर्नुपर्दैन । मर्निङडाईभर्सन परियोजना इन्डियालाई जिम्मा लगाई रहने हो ? ती पानीहरु हाम्रो खेतबारीमा लगाउनु पर्दैन ? सक्नुहुन्छ भने गर्नुस, तत्र हामी गर्छौ, हामीलाई जिम्मा लगाउनुहोस् ।

आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ । हरेक देश वा विश्वको तथ्यांक जोडिने वित्तिकै उत्पादन भन्ने बुझिन्छ । उत्पादन गर्नको लागि उचित विउ र उचित स्थान के ? अब कृषि उत्पादन मार्फत जनतालाई तयार पारी कृषि क्रान्ति गराउन जरुरी छ । हामी विशेष स्थान सहितको कुषिमा जोड गर्नेछौं । वास्तवमा हाम्रो भुभाग र भौगोलिक बनोट राम्रो भएका कारण पनि कृषि उत्पादन बलियो रहेको छ । त्यसैले त नेपाललाई कृषिप्रधान देश भनिएको हो । हिमाली क्षेत्रलाई स्याउ मार्फत आत्मानिर्भर बनाउन सकिन्छ । जापान हिमाली क्षेत्र बढी भएको देश हो । त्यहां स्याउ उत्पादन मार्फत आत्मानिर्भर भईरहेको छ भने नेपाल झन भौगोलिक बनोट अनुसारको उत्पादन गर्न सक्दा हाम्रो देश आफै आत्मानिर्भर हुन्छ । अब देशमै सिंचाई गर्ने वातावरण बनाउनुपर्छ । म त अझ भन्छुकी बाग्मति नदीलाई कोसी र मेचीमा जोडी सिंचाई गर्नुपर्छ । पस्चिम महाकाली र कालीगण्डकीको पानीलाई सिंचाईमा उपयोग गरि उत्पादनमा जोड गर्नुपर्छ । देश विदेशमा रहेका नेपालीलाई जोडेर उत्पादनमा जोड गर्नेछौं । यसरी जान सक्दा कुनै पनि नेपाली युवाहरु रोजगारीको लागि विदेशीन पर्दैन ।

सिंचाईमा यदि हाम्रो देशको पानी मनिङडाईभर्सनको नाममा भारत पठाउने तयारी भईरहेको अवस्थालाई रोक्नुपर्छ । अब हाम्रो देशको नदी खोलानालालाई सिंचाईमा परिणत गर्नुपर्छ । बनिरहेका डाईभर्सनलाई अब बागमति, कोसी, मेची लगायत मिसाएर सिंचाई गर्नुपर्छ । तराईका खेतीयोग्य जमिनलाई सिंचाई गर्नैपर्छ, त्यो काम हामी गर्छौं । हाम्रो देशका प्रत्येक वन जंगल उपयोग भईरहेका छनन् । मुख्यतः हाम्रो महत्वपूणर् जडिबुटी खेर गईरहेका छन् । साथै ती बन जंगलका पातपतिङगरलाई प्रारंगरिक मल बनाउनुपर्छ र कृषकलाई जोड्नुपर्छ । साथै जैविक मलको फ्याक्ट्री संचालनमा ल्याउंछौं । सम्पूणर् कामलाई समायोजन गरि उत्पादन बेच्ने र कोल्ड स्टोर राखी व्यवस्थापन गर्छौ ।
(लेखक, जनप्रजातान्त्रिक पार्टी नेपाल सचिव एवं कृषि अभियान्त)


सम्बन्धित खवर