यही गठबन्धन सरकारले ०८४ को चुनाव गराउनेछ


शान्ति परियार विक, केन्द्रीय सदस्य एवं सांसद, नेपाली कांग्रेस

वर्तमान संसदमा केही नयाँ दलले खुब स्टन्ट गरे, खाई त सरकारमा गएर काम गर्न सकेको ? जनताको पक्षमा केही पनि काम गर्न सकेनन् । विभिन्न भ्रष्टाचारको फाइलको कुरा धेरै कुरा गरियो, तर प्रमाण खोई ? जनता भुलाएर फाइदा लिने काम यिनै स्टन्टवाजहरुले गरिरहेका छन् । यत्तिकै आरोप लगाएर त भएनन् नि । विभिन्न कुरा गरेर बरु फाइल लुकाउने काम गरे । जिबी राई लगायतलाई भगाउने काम गरे । फण्डा मच्चाउने काम मात्र गरे, जनताको पक्षमा काम गर्न भिनज चाहिन्छ, फण्डा होईन ।

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद शान्ति परियार विकले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको बताएकी छन् । अहिलेको राजनीति र राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला कांग्रेस-एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको जिकिर उनको छ । एमाले र कांग्रेसले आफ्ना बीचका अविश्वासलाई बिर्सेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको भन्दै बिकले एमाले र कांग्रेसका शीर्ष नेताहरू देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको बताईन् ।

आगामी दिनमा पनि दुवै नेता (देउवा र ओली) जोखिममा रहेको भन्दै उनले जोखिमका बाबजुत पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनाउन आवश्यक रहेको सुनाईन् । युगान्तर खबर मासिक पत्रिकासँगको बिशेष कुराकानीमा उनले भनिन्, अहिलेको संविधान छुँदै नछोएको नभई अहिलेसम्म दुई पटक संशोधन भइसकेको समेत उनको कथन थियो । त्यसैले सबैलाई मान्य हुने गरि संविधान संशोधन हुन्छ ।

शासनलाई ठीक बाटोमा नलग्दासम्म समस्या आइरहने भएकाले कांग्रेस र एमालेले शासनलाई ठीक बाटोमा लैजान आवश्यक रहेको थियो । एउटाले अर्कोलाई झुक्याउन खोज्ने र सत्ताकै लागि मात्रै झगडा गर्ने कुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने पनि बिकले बताईन् ।

संविधानलाई अहिलेसम्मको अनुभव, संघीयताको अनुभव, स्थानीय तहको प्रभावकारिताको अनुभव, प्रदेशको समन्वयको अनुभव, संवैधानिक निकाय र अंग, न्यायालयहरुको नियुक्ति र त्यो नियुक्तिमा आवश्यक सुधार नहुने हो भने ती निकायहरु कार्यकारिणीप्रति नतमतस्क हुने जस्तो बाध्यता सृजना हुन थाल्छ । त्यसतर्फ ध्यान दिनैपर्छ । संविधानलाई अझ बढी समृद्ध बनाउन कांग्रेस र एमालेले पूरै देश र जनतालाई आश्वस्त पार्न सक्नुपर्छ, उनले भनिन् ।

देश विकासका लागि काम नगर्ने हो भने आगमी निर्वाचन दुवै पार्टीका लागि कठिन हुने छ उनले भनिन् । कांग्रेसका लागि अझ बढी कठिन बन्ने उनको निष्कर्ष छ । निर्वाचनमा जाने क्रममा तराई मधेश, शहरी क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आफ्नो बलियो आधार गुमाएको जिकिर गर्दै आधार गुमाउँदै जाँदा आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने स्वीकारिन् ।

दुवै दलका नेताले आफ्नो कार्यकाललाई अब जनताले स्मंरण गर्नसक्ने गरी योगदान दिनसक्नुपर्ने पनि उनले बताईन । संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा कांग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्ने भन्दै उनले पार्टीको तर्फबाट सबै नेताहरूको सहयोग वर्तमान सरकारलाई रहने प्रष्ट्याईन् ।

उनले परिवर्तनकारी शक्तिको नाम लिएर उदाएका नयाँ राजनीतिक दलहरूको परिवर्तनको एजेण्डा कमजोर भएको टिप्पणी गरिन् । नेकपा (माओवादी केन्द्र) र रास्वपाप्रति लक्षित गर्दै उनले केही राजनीतिक दलहरूको परिवर्तनकारी एजेण्डा ओझेलमा परेको सुनाईन् । जनताले खोजेको परिवर्तन, विकास र समृद्धिलाई मध्यनजर गरी वर्तमान सरकारले काम कारबाही अघि बढाउने छ, उनले भनिन् ।

सानै उमेरदेखि सामाजिक राजनीतिक आन्दोलनमा लागेकि रहिछन, शान्ति परियार विक । स्कुलमा छुवाछुतदेखि मन्दिर पुजा गर्न समेत नदिईसकेपछि आफु दलित समुदाय रहेको कुरा पहिलो पटक थाहा पाईन् उनी स्मंरण गर्छिन् । त्यतिबेलैदेखि आफुमा विद्रोही भावना आएको सुनाईन । त्यसरी जातीय विभेद विरुद्ध सक्रिय हुंदै राजनीतिमा समेत लागें । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलबाट राजनीति सुरु गरें । नेपाल दलित संघ, चितवनको दुई कार्यकाल अध्यक्ष भएर काम गरेको समेत अनुभव छ, उनको । साथै नेपाली कांग्रेसको १२ औं, १३ औं र १४औं महाधिवेशन प्रनिधिनिधि हुनुको साथै १४ महाधिवेशनबाट पार्टी केन्दीय सदस्य र ०७९ को चुनावबाट समानुपातिक सांसद समेत भएर अघि बढिरहेकि छिन् ।

देशको राजनीतिक परिवर्तन पहिलेको भन्दा फरक भईसकेको छ । अब देश र जनताप्रति समर्पित नहुने पार्टीको भविष्य छैन, सुनाईन् । आफ्नो काम र कर्तव्य कांग्रेसले भुलेको छैन, कमजारी भए होलान् राम्रासंगै नराम्रा पनि हुनछन्, तर कमजारी सञ्च्याउँदै जानुको विकल्प छैन । लोकतन्त्र र समानताको लागि लडेको नेपाली कांग्रेसले विभिन्न विचारधारा बोक्ने दललाई समेत आफ्नो बाटोमा हिंडाउन सफल भईरहेको छ ।

जनतामा असन्तुष्टका स्वरहरु धेरै छन् तर जादुको छडिमा केही हुनेवाला त छैन । अहिले वर्तमान सरकार आफ्नो रोडम्यापमा स्पष्ट रहेको छ । यही गठबन्धन सरकार ०८४ सम्म जानेछ र चुनाव पनि गराउने छ । वर्तमान संसदमा केही नयाँ दलले खुब स्टन्ट गरे, खाई त सरकारमा गएर काम गर्न सकेको ? जनताको पक्षमा केही पनि काम गर्न सकेनन् । विभिन्न भ्रष्टाचारको फाइलको कुरा धेरै कुरा गरियो, तर प्रमाण खोई ? जनता भुलाएर फाइदा लिने काम यिनै स्टन्टवाजहरुले गरिरहेका छन् । यत्तिकै आरोप लगाएर त भएन नि । विभिन्न कुरा गरेर बरु फाइल लुकाउने काम गरे । जिबी राई लगायतलाई भगाउने काम गरे । फण्डा मच्चाउने काम मात्र गरे, जनताको पक्षमा काम गर्न भिनज चाहिन्छ, फण्डा होईन, उनले खरो आरोप लगाईन ।

कांग्रेस-एमालेसंग नै जनताले आसा गरिरहेका छन् । त्यही भावना अनुसार वर्तमान सरकार बनेको हो । जनताको पीरमार्का बुझेर सरकार अघि बढ्छ । एक अर्को प्रश्नमा उनले भनिन्, अहिलेको मन्त्री मण्डलमा समावेशी समानुपातिक पक्षलाई ध्यान पुर्‍याईएन कि भन्ने चर्चा चलिरहेको छ । अहिले संविधानले थोरै संख्याको मन्त्रीमण्डलको परिकल्पना गरेको छ । आकांक्षीहरु धेरै हुने नै भए, कहिलेकाही ध्यान नपुग्न सक्छ, त्यसैले पार्टीले सबैलाई समेटेर अघि बढ्छ । राज्यमन्त्री नै भएपनि पार्टीले प्रतिनिधित्व गराएको छ । त्यसैले कहिकतैबाट कोही पनि निरास नहुन उनको आग्रह रहेको छ ।


सम्बन्धित खवर