काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सहकारीको रकम अपलचनबारे बयान लिएको छ । सीआईबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बधी बयानमा कागज गराएको हो ।
सीआईबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम , सहकारीबाट लिएको ऋण र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धी सोधपुछ गरेको बताइएको छ । गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन् ।
ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए । धनराज आफैँले ज्योतिसँग सम्बन्ध विच्छदे हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति भएको बताएका छन् । धनराजले आफू सहकारीमा जोडिनु र श्रीमतीसँग भएको सम्बन्धविच्छेदबारे बयान दिएको बुझिएको छ ।
सहकारी सम्बन्धी छानबिन गर्न बनेको विशेष समितिले पनि आफ्नो प्रतिवेदनमा धनराजमाथि छानबिन गर्नुपर्ने राय दिएको थियो । उनकी पूर्वपत्नि ज्योति गुरुङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भैसकेको छ । मितेरी सहकारीका संचालक समितिले दिएको उजुरीका आधारमा धनराजमाथि छानबिन शुरु भएको हो ।
यसअघि उनै धनराजले आफूलाई सहकारी ठग नभन्न बरु अनुसन्धान गर्न माग गर्दै आएका छन् । आफूलाई सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले पनि प्रमाण भेटिए धनराजमाथि पनि आवश्यक कारबाही हुने बताइसकेका छन् ।
सहकारी ठगीमा प्रमाण भेटिए कांग्रेस उपसभापति गुरुङमाथि कारबाही हुने गृहमन्त्री लेखकको भनाई कांग्रेसले धनराजलाई बचाउन कुनै पनि प्रयास नगरेको र दोषी देखिए कारबाही हुने भन्दै महामन्त्री गगनकुमार थापाले गुरुङमाथि तत्काल छानबिन गर्न माग गरेको पनि लामो समय भइसकेको छ ।