लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित (

काठमाडौ-लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित भएकी छन । अधिकारीलाई चेम्बर अध्यक्ष   राजेन्द्र मल्लले आईतबार चेम्बर केन्द्रिय  कार्यसमिती सदस्यमा मनोनित गरेका हुन । यस्तै अध्यक्ष  मल्लले कर्णाली प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा चिन्तामणि न्यौपानेलाई मनोनित गरेका छन् ।अधिकारी र न्यौपानेलाई चेम्बरको विधान बमोजिम उक्त पदहरुमा मनोनित गरिएको हो । को हुन […]

बेकरी उद्योगलाई बृहत बनाउने मेरो मुल उद्देश्य हो

योगेन्द्र थापा, युवा व्यवसायी धेरै युवाहरु देशमा रोजगारी नपाएर विदेश धाउनु परेको यथार्थ हामीले देखे, सुने र भोगेकै छौं । देशको विभिन्न परिस्थिति र द्धन्द्धले गर्दा त्यस्तो अवस्था देखिएको भए पनि आज राजनीतिक परिस्थिति सहित शान्पिूर्ण राजनीति देशमा चलिरहेकै छ तर पनि आर्थिक समृद्धि र रोजगारी सृजना भईरहेको छैन यसो हुनुमा राजनीति प्रतिबद्धता नभएर हो […]

चेम्बर अफ कमर्शको वरिस्ठ उपाध्यक्षमा कमलेश अग्रवाल निर्वाचित

काठमाडौं- राजेन्द्र मल्ल नेतृत्वको चेम्बर अफ कमर्शको वरिस्ठ उपाध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । शुक्रबार चेम्बरका नवनिर्वाचित सदस्यहरुले सर्वसम्मत रुपमा अग्रवाललाई वरिस्ठ उपाध्यक्षमा चयन गरेका हुन । चेम्बरको ५५ सदस्यीय कार्यसमितिले सो निर्णय वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । अग्रवाल यस अघि राजेशकाजी श्रेष्ठ नेतृत्वको कार्य समितीमा ३ बर्ष अघि देखी […]

चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्षमा अग

काठमाडौं, २७ चैत्र -नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट […]

मन खुलाएर बजेट निर्माण गर्न नसकिने अर्थमन्त्रीको भनाई

काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन्। बुधबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन्। कोभिडका कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताए। उनले बजेटमा समावेश गर्नुपर्ने विषयमा […]

उत्कृष्ट घोषित १५ करदातालाई सम्मान बढी कर तिर्नेमा सूर्य नेपाल

आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५ र ७६ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली रहेको छ । सूर्य नेपाल विगतमा पनि पटकपटक उत्कृष्ट करदाता घोषित भएको थियो । निर्यातकर्तामध्ये डाबर नेपाल प्रालीले सबैभन्दा बढी आयकर तिरेको छ । […]

अब दैनिक १५ किलो सुन आयात हुने , कोटा बढाउदै राष्ट्र बैंक

काठमाडौं :  नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएर १५ किलोसम्म बनाउने भएको छ । हाल दैनिक १० किलोको आयात कोटालाई बढाएर १५ बनाउन लागेको हो । व्यसायीहरुले सरकार तथा सरकारी निकायहरुमा सुन आयात कोटा बढाउने माग राख्दै आउन थालेपछि केन्द्रीय बैंक सकारात्मक भएको हो । केही दिन अघि मात्र पनि व्यवसायीहरुले सुन आयात कोटा […]

३ अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने राख्दै राष्ट्र बैंक

काठमाण्डौं : नेपाल राष्ट्र बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ । बैंकले मंगलवार एक सूचना प्रकाशित गर्दै तोकिएको […]

कोथिना मिठो छ होटल  द्धारा ८० जना  युवालाई होटल तालिम 

 काठमाडौँ, ६ चैत । कोथिना मिठो छ होटल तालिम केन्द्रको आयोजनामा ८० जना  युवालाई होटल तालिम प्रदान गरिएको छ । होटल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्र्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेण्डर तथा वेटर तालिम सम्पन्न गरेको हो । तालिम सम्पन्नसँगै उक्त विद्यार्थीलाई आज प्रमाणपत्र […]

सिभिल लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न

 काठमाडौं, । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहको संस्थाले ५ गते बिहीबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा लाभांश पारित गरेको छ । साथै सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्यलाई निर्विरोध चयन गरेको […]