कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिदै

बैशाख ३ काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक सीता नेपालीले आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छन्। उनले माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि […]

बलात्कारको झुठो आरोप लगाउने महिलामाथी उल्टै तीन वर्ष छ महिना कैद

सुर्खेत जिल्ला अदालतले बलात्कारको झुठो आरोप लगाउने एक महिलालाई उल्टै कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएर बयान बदल्ने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई आज तीन वर्ष छ महिना कैद सजाय सुनाएको हो । अदालतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाका अनुसार झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर […]

एकै परिवारका दुई जनाको शव भेटियो, तीन जना बेपत्ता ।

काठमाडौँः कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटिएको छ भने तीन जना बेपत्ता भएका छन् । माछा मार्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत नजिकै जाल तान्दा शव भेटिएको हो । पश्चिम दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना बडुवाल र वर्ष १२ सरिता बडुवालको शव […]