​सटर तोडेर एकैपटक भक्तपुरका पाँचवटा पसल लुटपाट

२५ मंसिर, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा एकैपटक पाँचवटा पसलमा चोरी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका-४ खनाल चोकका पाँच पसलमा चोरी भएको छ । खनाल चोकस्थित ट्रष्टले बनाएको घरको दोस्रो तलामा रहेका ५ वटा पसलका सटर तोडेर करिब २ लाख ७२ हजार २ सय ७० रुपैयाँ बराबरको धनमाल मंगलबार राति […]

​जाडोमा लगाउने थर्मकोट तस्करी, घर भित्र फेला पर्यो १४७ सेट

२५ मंसिर, काठमाडौं । जाडोको समयमा बिक्री गर्ने तस्करी गरेर ल्याइएको थर्मोकोट प्रहरीले बरामद गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट अवैध रूपमा भन्सार छली ल्याएको करिब २ लाख रुपैयाँ बराबरको १ सय ४७ सेट थर्मोकोट बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले […]

आजदेखि खुल्दै चिडियाखाना, इसेवा मार्फत टिकट काट्न सकिने

२५ मंसिर काठमाडौ । कोभिड १९ महामारीका कारण  ७ चैतदेखि बन्द रहेको ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना आज देखि खुल्ने भएको छ। संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि चिडियाखाना खोल्न लागिएको हो। स्वास्थ्य सुरक्षाका सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलले जानकारी दिए। चिडियाखाना अवलोकन गर्दा विदेशीलाई ७५०, सार्क […]

पर्यटकको आकर्षण बन्दैछ इलामको पानीटार

२३ मङ्सिर, इलाम । तीन वर्षअघि इलामस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्ने बित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो । अन्तु बिर्साउने चिसो र पर्यटक तान्ने वनभोजस्थल यहाँको अर्को विशेषता हो । […]