जडिबुटीमा बससँग स्कुटर ठोक्किँदा २ जनाको मृत्यु


काठमाडौं, १३ भदौ । काठमाडौंको जडिबुटीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गएराति जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनीहरूको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।


सम्बन्धित खवर