यो सहरमा स्वर हैन, पैसा बिक्छ गायिका : सिमरन शर्मा पनेरू


 

नवराज लम्साल

गायीका सिमरन शर्मा पनेरुले नेपाली सांगेतीक क्षेत्रमा कलाको मुल्याकंन नभर बजारिकरण्न भैरहेको बताइकी छिन ।

सायद जिन्दगी ईच्छाहरूको सँगालो मात्रै हैन भोगाई र अनुभवहरूको चौरस्ता पनि हो । आफ्नो रहरलाई आकारग्रहण गर्ने मनोकाँक्षा सबैको हुन्छ तर सबैलाई त्यो सौभाग्य सहजै प्राप्त हुन सक्दैन ।

सफलता र असफलताको कथाको सीमारेखा भनेको जीत र हारहरूको समुच्चा रूप नै त रहेछ । यसै  जो जिता व सिकन्दरू कहाँ भनिएको रहेछ र १ लामो साँङ्गेतिक भोगाई पछि निकालिएको निचोड पनि हो यो ।

जिन्दगीलाई असरल्ल श्रोताको बीचमा स्वर बनाएर कोकिल कण्ठबाट सुमधुर आवाजको साथ सांङ्गेतिक क्षेत्रमा सगरमाथातुल्य सफलता प्राप्त गर्ने अठोट बोकेर चितवनको शारदानगरबाट राजधानी छिरेकी मीठो स्वरकी धनी शिमरन शर्मा पनेरू यतिबेला यो काठमाडौं सहरको रंगिन भिडमा संघर्षरत छिन । गायिका र मोडलको पहिचान ढिलोछिटो जसरी पनि बनाउने अठोटको साथ लागि परेकी छिन ।

थुप्रै पुराना र नयाँ चलेको गीतहरू जस्तो नयाँ नयाँ सझाउने संसार, तुझ से नाराज है, भनौ भने जिन्दगीमा धेरै।। मिक्सप गरेर आधुनिक गीतहरूलाई मीठो स्वर भर्ने यी गायिका आफ्नो कला अनुसारको अवसर कम पाएको महसुस गरेकी छिन् । यो सहरमा अगाडि बढ्न कि पैसा खन्याउनु पर्ने कि कुनै न कुनै रूपमा कम्परमाईज गर्नु पर्ने बुझेकी छिन् ।

तर उनी कसैलाई बिन्ती बिसाएर आफुलाई रातारात हिट बनाउने पक्षमा छैनन् । ढिलो होला समय लाग्ला तर आफ्नै आत्मबिस्वासले यो क्षेत्रमा पहिचान बनाएर दुनियाँलाई देखाउने र सफल भएर छाड्ने हिम्मत गरेकि छिन् ।

यिनैले दर्जनौं गीतमा स्वर भरेकी छिन । म्युजिक नेपालको प्रस्तुतिमा सर्मिला गुरूङ र पुरूशोत्तम गैंहेको परदेशिलाई धन ठुलोू भन्ने गीतको म्युजिक भिडियोमा समेत मोडेलिङ गरेकी सिमरन मोडल र गायिका जुनसुकै रूपमा पनि प्रस्तुति दिन सक्छिन् । सुन्दर रूप र सुन्दर आवाजकी धनी शिमरन शर्मा पनेरू नेपाली आधुनिक संङ्गितको क्षेत्रमा एउटा आशा लाग्दि सम्भावना बोकेकी गायिका हुन ।

 


सम्बन्धित खवर