सय अभियान प्रभावकारी बनाउन कृषि रणनीति


दिपक बस्नेत
“नेपाललाई उत्पादनमा जोड्न म एक युवक कृषि क्षेत्रको विकासको लागि दत्तचित्त भएर लागेको छु । यसका लागि जुनसुकै लडाई लड्न परेपनि तयार रहेको छु, यसका लागि नेपाली कृषि-कृषकहरुलाई साथ दिन अनुरोध गर्दछु । सय दिनसम्म पनि कसैले पनि सुन्दैनन् र देख्दैनन् भने १०१ दिनपछि अवश्य देख्नेछन् । र मेरो देशको जनतालाई रोजगार दिलाएरै छाड्छौं । कृपया हाम्रो देशमा केही पनि हुंदैन, केही गर्न सकिदैन भन्ने मानसिकता त्यागौं । हामी गर्न सक्छौं, हामीले नै देश बनाउने हो र सक्छौं साथै म गर्न सक्छु भन्ने संकल्प गरौं, अवश्य गन्तव्यमा पुग्न सकिन्छ । त्यसैले म एक व्यक्ति-युवक त प्रयत्न गरिरहेको छु भने हामी सबै मिल्दा कसो गन्तव्यमा नपुगिएला त । त्यसैले एक ढिक्का हुन सबैमा अनुरोध गर्दछु ।

काठमाडौं । के नेपालमा कृषिको लागि कृषकले मन मारेकै हो त ? जुन कारण उत्पादन र बजारीकरण अभावले हो । साथै अन्तराष्ट्रिय बजार अभाव र मुल्य निर्धारण हुन नसक्दा पनि यस्तो अवस्था देखिएको हो । त्यसैले कृषिका लागि कोल्ड स्टोर अनिवार्य भईसकेको छ । अर्को मौसम अनुसारको बिउ विजन पनि अनिवार्य छ । उत्पादनलाई बेच्न एक सुविधा सम्पन्न कोल्ड स्टोर अनिवार्य रहेको छ । अब हामी श्रम बेच्ने होईन, उत्पादन बेच्न लाग्नुपर्दछ । मेड इन नेपाल भनेर प्रडक्ट बेच्ने हो, श्रम बेच्दैनौ । हाम्रो यस १०० अभियानमा नेपाली जनता स्वःइच्छाले जोडिन आह्वान गर्दछौं । उत्पादनका लागि सरकारी जग्गा, बाँझो जग्गा र खेर गएका सबै जग्गा प्रयोगमा ल्याइने छ र श्रमदान समेत गरिने छ । यदि सरकारले सहयोग गर्दैन भने हामीसंग खोसेर लिनेछौं । जति उत्पादन भएपनि कोल्डस्टोरको व्यवस्थालाई प्रभावकारी बनाइने छ ।
नेपाललाई उत्पादनमा जोड्न म एक युवक कृषि क्षेत्रको विकासको लागि दत्तचित्त भएर लागेको छु । यसका लागि जुनसुकै लडाई लड्न परेपनि तयार रहेको छु, यसका लागि नेपाली कृषि-कृषकहरुलाई साथ दिन अनुरोध गर्दछु । सय दिनसम्म पनि कसैले पनि सुन्दैनन् र देख्दैनन् भने १०१ दिनपछि अवश्य देख्नेछन् । र मेरो देशको जनतालाई रोजगार दिलाएरै छाड्छौं । कृपया हाम्रो देशमा केही पनि हुंदैन, केही गर्न सकिदैन भन्ने मानसिकता त्यागौं । हामी गर्न सक्छौं, हामीले नै देश बनाउने हो र सक्छौं साथै म गर्न सक्छु भन्ने संकल्प गरौं, अवश्य गन्तव्यमा पुग्न सकिन्छ । त्यसैले म एक व्यक्ति-युवक त प्रयत्न गरिरहेको छु भने हामी सबै मिल्दा कसो गन्तव्यमा नपुगिएला त । त्यसैले एक ढिक्का हुन सबैमा अनुरोध गर्दछु ।

कृषि उत्पादनको साथै हामीले कोल्ड स्टोरको जोड गर्छौै । त्यसका लागि प्रत्येक जिल्लाबाट सय रुपैया उठाउँने पछि बढाउदै लगिने छ । यसरी स्वरोजगार शक्ति बढ्दै जानेछ । कृषि बिउ तथा मल दिनुको साथै घण्टाको हिसावले काम लगाइने व्यवस्था गरिने छ । अब गाँजा खेतीलाई राज्यले वैधानिकता दिनैपर्छ । पहाडी क्षेत्रलाई ठुलो आम्दानीको स्रोत हुनेछ । कृषक, कृषि क्रान्तिको लागि मर्न र मार्न तयार भएर लागिसकेका छौं । देशमा उत्पादन गरेको कृषि उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउने योजना सहित हामी अगाडि बढिरहेका छौं । हाम्रो देशलाई कृषि प्रधान देश भनिन्छ र हो पनि । नेपाल सानो देश भएपनि भौगोलिक विविधता अचम्मको रहेको छ । त्यही भौगोलिक अवस्था अनुसार उत्पादनमा जोड गर्न सकिन्छ, तर त्यसो गरिएन । अहिले भारतबाट आउने उत्पादन सस्तो र नेपाली उत्पादन महंगो छ भनिएको छ जुन अत्यन्त सुनियोजित बनाइएको हो । नेपाली उत्पादन महंगो छैन तर पर्याप्त उत्पादन भने गर्नैैपर्छ । नेपालको उत्पादन विश्वमै सस्तो रहेको छ, तर भ्रम फैलाईयो । तीव्र उत्पादन हुने वित्तिकै प्रतिस्पर्धा बढ्छ र सस्तो हुन्छ । हाम्रो ऐन नियमले पनि उत्पादन जोड गरेन । त्यसैले उत्पादनमा जोड गर्न सकिएको छैन । त्यसरी कलकारखाना र उत्पादन नभएकाले गरीव र बेरोजगार बढिरहेका छन्

आफ्नै उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ । हरेक देश वा विश्वको तथ्यांक जोडिने वित्तिकै उत्पादन भन्ने बुझिन्छ । उत्पादन गर्नको लागि उचित विउ र उचित स्थान के ? अब कृषि उत्पादन मार्फत जनतालाई तयार पारी कृषि क्रान्ति गराउन जरुरी छ । हामी विशेष स्थान सहितको कुषिमा जोड गर्नेछौं । वास्तवमा हाम्रो भुभाग र भौगोलिक बनोट राम्रो भएका कारण पनि कृषि उत्पादन बलियो रहेको छ । त्यसैले त नेपाललाई कृषिप्रधान देश भनिएको हो । हिमाली क्षेत्रलाई स्याउ मार्फत आत्मानिर्भर बनाउन सकिन्छ । जापान हिमाली क्षेत्र बढी भएको देश हो । त्यहां स्याउ उत्पादन मार्फत आत्मानिर्भर भईरहेको छ भने नेपाल झन भौगोलिक बनोट अनुसारको उत्पादन गर्न सक्दा हाम्रो देश आफै आत्मानिर्भर हुन्छ । अब देशमै सिंचाई गर्ने वातावरण बनाउनुपर्छ । म त अझ भन्छुकी बाग्मति नदीलाई कोसी र मेचीमा जोडी सिंचाई गर्नुपर्छ ।

तराईका खेतीयोग्य जमिनलाई सिंचाई गर्नैपर्छ, त्यो काम हामी गर्छौं । हाम्रो देशका प्रत्येक वन जंगल उपयोग भईरहेका छनन् । मुख्यतः हाम्रो महत्वपूणर् जडिबुटी खेर गईरहेका छन् । साथै ती बन जंगलका पातपतिङगरलाई प्रारंगरिक मल बनाउनुपर्छ र कृषकलाई जोड्नुपर्छ । साथै जैविक मलको फ्याक्ट्री संचालनमा ल्याउंछौं । सम्पूणर् कामलाई समायोजन गरि उत्पादन बेच्ने र कोल्ड स्टोर राखी व्यवस्थापन गर्छौ । उत्पादन नभएकै कारण युवाहरुको बेराजगार बढ्दो छ र विदेशीन बाध्य भएका छन् । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं ।

अहिलेको व्यवस्था वा दलका नेताहरु, कर्मचारी र संवैधानिक निकाय लगायत कानुनको अभावमा काम गर्न सकिरहेका छैनन् । त्यसैले मनलाग्दी चलिरहेको अवस्था छ । भएको कानुन पनि प्रभावकारी कार्यान्वयन भएका छैनन् । अब राजसंस्था र सनातन हिन्दु राष्ट्र कसरी आउंछ त ? हाम्रो देश राजासंस्थाले नै बनाएको हो । हाम्रो संस्कार सनातनमा आधारित छन् । राजसंस्था र सनातन हिन्दु अधिराज्य आवश्यकताको सिद्धान्त पनि यसमा लागू हुन्छ । जनता निणर्ायक भन्ने सास्वत सत्य कुरा दल विशेषको लागि मात्र नभई अरुको लागि पनि त होनी होईन र ? नेपाल धर्म संस्कृतिले बनेको मुलुक हो, राजनैतिक कारणले होईन । मन्दिर नै मन्दिरको देश हो नेपाल । स्मंरण रहोस, यदि कानुनको पालना गर्ने हो राजसंस्था अनिवार्य छ । र अर्को अनुशासनमा बांध्ने काम धर्मले नै गर्छ, आखिर देश चलाउने त कानुनले त हो । देशमा उत्पादन नहुनुको कारणलेराजनीतिक, सामाजिक आर्थिक लगायतमा अस्थिरता बढिरहेको छ । जब मान्छे व्यस्त हुने विक्तिकै अरु गलत काम गर्नै भ्याउदैन । किनकि मुहानले पनि आफ्नो बाटो आफै खोज्छ । मान्छे पनि त्यस्तै हो । हरेक युवा युवती, टोल, गाउँ, पालिकाहरु सबै मिलेर उत्पादनमा लाग्नुको विकल्प छैन ।

अन्त्यमा महत्वपूणर् कुरा के भन्न चाहन्छु भने शिक्षा मञ्त्रालय शिक्षा विभागद्धारा अब उप्रान्त मास्टर्स पढाईको रनिङ विना कुनै पनि विद्यार्थीलाई स्टुडेन्ट भिषा रोक्नैपर्छ । यदि गरेमा हामी यसलाई रोक्न प्रयत्नशील भएर लाग्नेछौं । अर्को नेपालमा रहेका शैक्षिक परामर्शका नाउमा खुलेका कन्सल्टेन्सीहरुलाई पनि विद्यार्थी नपठाउन अनुरोध गर्दछु । यदि यो हाम्रो भभियानलाई अवरोध गर्छ भने हामी कन्सल्टेन्सी हामी बार्ड नै झिकिदिने छौं । जापान र कोरीया भाषाले नेपालमा के उपलब्धी हुन्छ ? यदि बन्द नगरे बल प्रयोग गर्नेछौं । यसमा सम्वन्धित निकायले ध्यान दियोस भनी अनुरोध पनि गर्दछु । साथै नेपाली जनता तथा विद्यार्थीहरुलाईखेतबारीमा काम गर्न पठाउनेछौं । साथै काम गरेवापत उचित मुल्य अथवा श्रम दिनेछौं ।

अब बैक तथा वित्तिय संस्थाहरुले कृषिमा दिने ऋण तथा लगानीको दायरा बढाउनुपर्छ । हामी हासियारका साथ भन्छौं कि गाँउ, टोल, जिल्ला साथै सबै क्षेत्रमा लगानी गर्नपर्छ । ३ प्रतिशतमा बैंकमा डिपोजिट र ५ प्रतिशतमा बैकले लगानी गर्नैपर्छ । यसलाई कार्यन्वयनमा ल्याएरै छाडिनेछ । अब कृषि-कृषक र युवाहरु तातितसकेका छन्, यसमा कोही पनि बाधक बन्छन् भने छाड्ने छैनन् । सबैमा चेतना होस ।

(लेखक, जनप्रजातान्त्रिक पार्टी नेपाल सचिव एवं कृषि अभियान्ता हुन्)

 


सम्बन्धित खवर