
चेतनाथ ढुङ्गाना
“जनतालाई काट्न मार्न समेत सिकायौ र सरकारमा आयौ सरकारमा आए पछि नेपाल राष्ट्र र जनताको सेवा सुविधा होला भन्ने नेपाली जनता तथा मलाई समेत धेरै आसा थियो । तर अवस्था त्यस्तो रहेन । अहिले तिमीहरुले माखो पनि मारेन । द्धन्द्धकालमा प्रचण्ड र शेरबहादुर देउवाले टाउकाको मुल्य तोकेर नेपाली सेना तथा नेपाल प्रहरी लगायत निमुखा जनतालाई मार्यो । अहिले सरकारम गएपछि टाउको जोडेर अङ्कमाल गरेर भ्रष्टाचार मात्रै गरेर खाएका छौ । राष्ट्रको सम्पत्ति सकिसके, राष्ट्रको ढुकुटी खाली बनायौं । तिमीहरुले राष्ट्र र जनताको हरि बिजोक बनायौं । अब सरकार छोडेर युवा पुस्तालाई देउ । तेसो भए मात्र नेपाल राष्ट्र सुध्रिन्छ । हाम्रो नेपालमा पञ्चायतीकालमा चीन सरकारले सहयोग गरेर चलाएको कारखाना पनि मासेर विदेशीको दलाल बनेर खायौ । अब हामीले चीन सरकारसंग सहयोग माग्छौं र पहिले चलाएको बिरगंञ्ज चिनी मिल, हिटौडा सिमेन्ट कारखाना, काठमाडौं जुत्ता कारखाना नेपालका कपडा कारखाना जति पहिले चलाएको भन्दा पनि बढी कारखानाहरु चलाएर नेपालका युवाहरुलाई रोजगारी नेपालमै दिन्छौ ।
काठमाडौं । धादिङ जिल्ला गजुरी गा.पा.-८ किराञ्चोकस्थित बुबा तेजराज ढुङगाना त्यतिबेला जिल्लाकै ठुलो जिम्वांल अथवा मालपोतमा ठुलो तिरो तिर्नुहुन्थ्यो । २०२० सालतिर मेरो बुबा गम्भिर बिरामी पर्नु भएकोले म जेठो छोरा भएको नाताले उहाँको औंठी छाप मलाई दिएर तिरो उठाउन र तिर्न लगाउनुभयो । जहाँ कि मेरो बुबाले भन्नुहुन्थ्यो कि आफ्ना रैतीलाई एक पैसा पनि बढी रकम उठाएर लिनु हुंदैन र आफ्ना आफ्ना छोरा छोरीलाई भन्दा पनि धेरै सेवागर्नु भन्नु भएको थियो । हिजो दिनमा त्यसरी सेवा गर्ने परिपाटी हुन्थ्यो । तर अहिलेका नेताहरु भने खाली भ्रष्टाचारमा लिप्त छन् । तैपनि पनि यी नेताहरुलाई कारवाही भईरहेको छैन । ०१९/०२० सालतिर मेरो बुबा तेजराज ढुङ्गानाले मलाई शिक्षा दिनुहुन्थ्यो कि आफ्ना गाउँ टोलमा दुखकष्ट पर्न गएमा पसिना बगाएर सेवा गर्नुपर्छ र राष्ट्रमा कसैले राष्ट्रघाती काम गर्यो भने नेपाल राष्ट्र जोगाउन रगत बगाउन परेपनि रगत बगाएर राष्ट्र बचाउनुपर्छ भन्नुहुन्थ्यो । अहिलेका राष्ट्रघाती नेताहरुले सत्तामा बसेर हाम्रो नेपाल राष्ट्र विदेशीको मातहतमा पुर्याईसके । यी अहिलेका कार्यकारिणी नेता एवं प्रधानमन्त्री प्रचण्ड फेरी दोस्रो जनयुद्ध गर्छु भन्छन् । के फेरी नेपाली सेना, नेपाल प्रहरी नेपाली जनता मार्न हो ? अनि फेरी म जातीय राज्य दिन्छु भन्छन् ।
हामी सबै नेपाली तत्कालिन श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको पालादेखि नै एउटै गाउँमा ब्राह्मण, क्षेत्री, तामाङ, नेवार, गुरुङ, मगर, राई, लिम्बु, प्रजा च्यामे, पोडे, दमाई, कामी, सार्की लगायत जुन जात भएपनि आफ्नो जातको परम्परा अनुसारको धर्मकर्म गरेर सबै जना मिलेर भारो पर्म गरेर बसी राखेको छन् । अहिले प्रचण्ड सरकारको जातीय राज्य दिन्छु भन्छन् । प्रचण्ड ज्यू तपाईको जातीय राज्य कहाँ छ धर्तीमुनी छकि धर्ती माथि छ । अर्को प्रचण्ड ज्यू तपाईको जातीय राज्य कहाँ छ धर्ती मुनी छकि धर्ती माथि छ ? मलाई भन्नु पर्यो कि तपाईले अझ जनतालाई भ्रम फैलाएर सत्तामा बसी रहने सोचमा हुनुहुन्छ ? ०५२ सालदेखि नै तत्कालिन ७५ जिल्लामा हाम्रा बालबालिका छाराछोरीलाई स्कुलमा पढ्न नदिएर बन्दुक बोकाएर चोर्न, लुट्ने र चन्दा भनेर ठग्न ब्याक फोर्न जनतालाई काट्न मार्न समेत सिकायौं र सरकारमा आयौ ।
जनतालाई काट्न मार्न समेत सिकायौ र सरकारमा आयौ सरकारमा आए पछि नेपाल राष्ट्र र जनताको सेवा सुविधा होला भन्ने नेपाली जनता तथा मलाई समेत धेरै आसा थियो । तर अवस्था त्यस्तो रहेन । अहिले तिमीहरुले माखो पनि मारेन । द्धन्द्धकालमा प्रचण्ड र शेरबहादुर देउवाले टाउकाको मुल्य तोकेर नेपाली सेना तथा नेपाल प्रहरी लगायत निमुखा जनतालाई मार्यो । अहिले सरकारम गएपछि टाउको जोडेर अङ्कमाल गरेर भ्रष्टाचार मात्रै गरेर खाएका छौ । राष्ट्रको सम्पत्ति सकिसके, राष्ट्रको ढुकुटी खाली बनायौं । अब तिमीहरुले राष्ट्र र जनताको हरि बिजोक बनायौं । अब सरकार छोडेर युवा पुस्तालाई देउ । तेसो भए मात्र नेपाल राष्ट्र सुध्रिन्छ । हाम्रो नेपालमा पञ्चायतीकालमा चीन सरकारले सहयोग गरेर चलाएको कारखाना पनि मासेर विदेशीको दलाल बनेर खायौ ।
अब हामीले चीन सरकारसंग सहयोग माग्छौ र पहिले चलाएको बिरगंञ्ज चिनी मिल, हिटौडा सिमेन्ट कारखाना, काठमाडौं जुत्ता कारखाना नेपालका कपडा कारखाना जति पहिले चलाएको भन्दा पनि बढी कारखानाहरु चलाएर नेपालका युवाहरुलाई रोजगारी नेपालमै दिन्छौ । तिनीहरुले भ्रष्टाचार गरेर खाएको रकमबाट बचाएर किसानी जनतालाई एक रोपनी जग्गामा पाँच किलो मलको दरले दश वर्षसम्म निशुल्क दिलाएर सम्पूणर् किसानहरुलाई सबै प्रकारका फलफुल खेतीपाती गरेर किसानलाई बस्न खान नेपालमै बसोबास दिलाउँछौं । यो देशमा राजा विरेन्द्र सरकारको वंश नास भएको नेपाल हो । म एउटा चेतनाथ ढुंगानालाई पनि हत्या गरेर मार्न सक्छौ । तिनीहरु हत्याराको अपराधी हौ । हत्याराको योजना बनाएर हत्या गर्न सक्छौ तर मेरो हत्या गर्न लगाउने र गर्नेलाई सबैको नि-सन्तान हुन्छ । श्री नरनारायण श्री कृष्ण भगवानले भन्नु छ, मेरो हत्या कसैले गर्यो भने त्यसको परिवारलाई माटामुनि बसेपनि हैचा चलाएर नि सन्तान बनाइदिन्छु । जस्तो ध्रीतराष्ट्रका पुत्र सय भाई कौरव मारेर नि-सन्तान बनाएका थियौ । त्यसैगरि अहिलेका पापीहरुको पनि नि-सन्तान बनाईदिन्छौं भन्नुभएको छ । यो कुरा सत्य बुझेर सबै नेपालीले नेपालमा सत्यको बाटो हिंड्न, सत्य बोल्न र सत्य काम गर्न सिक । यो भएर भनी तिमीहरु पापी जती सबै सिद्धिने छौं । पशु पतिनाथ जय जय ।
मिती ०८०/०६/१६ गतेबाट ७५ वर्ष उमेरको श्री म चेतनाथ ढुङ्गाना काठमाडौं माइतीघरमा धर्ना बसेका रे मंसिर ५ गतेबाट फेरि रत्नपार्क शान्तिवाटिकामा धर्ना गरिरहेको छु । आजको मिती ०८०/०९/२७ गते मैले धर्ना बसेको ८७ दिन पुगसिक्यो । मलाई सेनाबाट केही पनि बुज जानकारी भएको छैन । सेनापति प्रभुराम शर्मा ज्युलाई दुईहात जोडी नमस्कार गर्छु र एउटा कुरा भन्छु कि तपाईलाई कसैको आशिर्वाद चाहिएको हो ? यदि आशिर्वाद चाहिएको हो भनी पहिला श्री गुरु गणेश कुमार गुरुङको आशिर्वाद लिनुहोस । दोस्रो आशिर्वाद श्री पशुपतिनाथ भोलेबाबासंग र गोरखनाथसंग श्री गोरखकाली मातासंग दोलखा पाँच पाण्डव भिमेश्वर भिमसेनसंग ३३ कोटी देवताको आशिर्वाद लिएर यो नेपालका राष्ट्रघाती जनहत्यारा भ्रष्टाचारीको निर्मुल बनाएर नेपाल राष्ट्रको र जनताको जिउधन बचाउन अघि बढ्नुहोस, अब नेपालमा सैनिक शासन चाहियो चाहियो ।
साथै, बुदागत रुपमा मेरा माग यस प्रकार रहेका छन् –
१, राष्ट्रघाती, जनहत्या, भ्रष्टाचारी, घुसखोरी र तस्करी गर्ने सरकार सहित सबैलाई कारवाही होस ।
२. टिकापुर घटनामा मारिएका नेपाल प्रहरीका हत्यारा यो जनहत्यारा सरकारले छुट दिएको, यो छुट प्रहरी मार्ने अपराधी हत्यारालाई छुट पाईदैन । यी प्रहरीका सबैलाई जन्म कैदको सजाय होस ।
३. भारती मानन्धरको श्रीमानलाई मार्ने अपराधीलाई पनि जन्मकैदकै सजाय होस ।
४. गोर्खा फुजेलका नन्नप्रसाद अधिकारीको श्रीमतिलाई वीर अस्पतालमा बन्दी बनाएर राखेको छ । नन्दप्रसाद अधिकारीको लास टिचिङमा पोको पारेर राखेको छ । के सरकारले मारेको हो ? गंगामायाले न्याय पाउन पर्यो । सरकारलाई कावाही होस ।
५.०७२ असोज ३ को संविधान नेतातन्त्र मात्र भयो । यो संविधान जलाएर ०४७ सालकै संविधान थपघट गर्नुपर्ने भए सच्याएर ०४७ कै संविधान कायम होस् ।
६.नेपालमा लागु गरेको ०७८ फागुन १५ गतेको अमेरिकी एमसिसि नेपाल राष्ट्र तथा हामी नेपाली जनतालाई यो शिर माथिको गोला हो । यसले हामीलाई भलो गर्दैन । यो एमसिसि खारेज होस ।
७. हाम्रो देश नेपाल हाम्रा छिमेकी राष्ट्रले लुटेर खाएका छन् । यो हामी नेपालीको भुमी फिर्ता लिनुपर्छ । यसमा नेपाली सेना, नेपाल प्रहरी स्वदेश विदेशमा बस्ने सबै वुद्धिजीवी जनता सहितले सहयोग गरेर फिर्ता गराउ ।
८. यो सरकारले नाम चाहि गणतन्त्र कामचाही नेतातन्त्र मात्र चलाएर सबै जिल्ला, गाउँ, टोल, अड्डा सबैमा भ्रष्टाचार भएको छ । यो भ्रष्टाचारी जनहत्यारा सरकारलाई छिट्टै कारवाही होस ।
९. नेपालमा कालोबजार गरेर मुड्की बजाईरहेका छन् । यसमा छिट्टै जाँचबुझ होस ।
१०. मेरो माग यो राष्ट्रघाती सरकारसंग हैन । मेरो माग भनेको छिट्टै नेपाली सेनाले शासन चलाएर नेपाल राष्ट्रभूमी, नेपाली जनताको जिउधनको सुरक्षा नेपाली सेना र नेपाल प्रहरीबाटै सुरक्षा होस ।
(ढुङ्गाना एमसिसि तथा भष्टाचार विरोधी अभियानमा सक्रिय छन्)