
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयका १३ जना कर्मचारी हटाउनु भएको छ । माघ १ गतेबाट लागू हुनेगरी १३ जनालाई हटाएको प्रधानमन्त्रको प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई हटाउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले कार्यकालको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै आफ्नै सचिवालयबाट शुद्वीकरण थाल्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो ।