आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि अध्यादेश जारी


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन सम्बन्धि अध्यादेश जारी गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो ऐन संशोधन गर्न लागि बनेको अध्यादेश जारी गर्न सिफारिस गरे बमोजिम राष्ट्प्रति पौडेलले विहिबार सो अध्यादेश जारी गरेका हुन् ।

नेपालको संविधानको धारा १२४ को उपधारा (१) ले सरकारले संसद अधिवेशन चालु नभएका बेला अध्यादेश ल्याउन सक्ने व्यवस्था गरे अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० राष्ट्रपतिकोमा पठाउने निणर्य गरेको हो ।


सम्बन्धित खवर