
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनालाई निणर्यार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।