न्याय माग्न आन्दोलनरत मिटरब्याज पीडित भृकुटीमण्डपको त्रिपालमुनी


काठमाडौं । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट दुई समुहमा २३ दिन पैदल हिंडेर फागुन १२ गते काठमाडौं आइपुग्नुभएका मिटरब्याज पीडित अहिले काठमाडौंको भृकुटीमण्डपभित्र बस्नुभएको छ ।

सरकारले मिटरव्याज पीडितहरुको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरुको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरु पुनः न्याय खोज्दै काठमाडौं आउनुभएको हो ।


सम्बन्धित खवर