
काठमाडौं : इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
नेपाल आयल निमगले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाली बजारमा समेत ईन्धनको मूल्य प्रतिलिटर २ रुपैको दरले बढेको बताएका छन ।
ईन्धन अन्र्तगत पेट्रोल, डिजेल मटितेल, र हवाई इन्धन ९आन्तरिक० मा प्रतिलिटर २र२ रुपैयाँ बढाउने निर्णय गरेको जनाएको छ ।
निगमकाका अनुसार नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको हो ।
मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ११८, डिजेल १०१ र मटितेल १०१ रुपैयाँ र हवाई इन्धन आन्तरिकको प्रतिलिटर ७४ रुपैयाँ पर्नेछ ।
हवाई इन्धन (अन्तर्राष्ट्रिय) र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको जनाएको छ ।