मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति विरूद्व निवर्तमान मुख्यमन्त्री कार्कीद्वारा मुद्वा दायर


काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको नियुक्तिविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गर्नुभएको हो ।

कार्कीले नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै पनि कामकारबाही नगर्न नगराउन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारी वहन गराउन माग गर्नुभएको छ ।

कार्कीले कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई विपक्षी बनाउनुभएको छ ।


सम्बन्धित खवर