कलाकारिता मेरो नशा-नशामा बगेको छ । मोडल : रूबिना श्रेष्ठ


नवराज लम्साल

काठमाडौं को कट्टर नेवार परिवारमा जन्मेकी रूबिना श्रेष्ठ आमा बाबुको माया, प्रेरणा र सहयोगले गर्दा कलाकारिता क्षेत्रमा आउन सफल भएकी छिन् ।

धेरै कौतुहलताको बिषय हुन सक्छ नेवार परिवारले पनि यतिधेरै साथ समर्थन कसरी गर्यो होला भनेर तर रूबिना भन्छिन् मेरो बा आमा दुवैको मन्जुरीमा नै म सानै देखि नाच्न थालेको हुँ । उहाँहले मेरो खुसिको लागि उत्प्रेरणा दिनुभएको हो जसको कारण आज म यो ठाउमा छु । म आफूलाई निकै भाग्यमानी सम्झन्छु कि यस्तो मेरो पेशा र ईच्छालाई सपोर्ट गर्ने अभिभावक मलाई मिल्यौ ।

काठमाडौ को मध्यम बर्गिय परिवारमा जन्मेकि रूविना श्रेष्ठले बिध्यालय तह देखि नै नृत्यङ्गनाको रूपमा स्थापित भैसकेकि थिईन । प्रयास संगितकला केन्द्र बल्खुको ममतामयी गुरूआमा रिया मानन्धर संग डान्स सिकेकी रूविनाले सयौ कार्यक्रममा प्रस्तुति दिइसकेकी छिन । देश बिदेश मा समेत चर्चामा रहेकी रूबिना पछिल्लो समय मोडलको रूपमा पनि स्थापित छिन ।

सचिन परियारको चस्मा लगाएकी छु होस की, मेलम्ची पानी, आँसु हाँसो या सोलमारी टुच्चमा किन नहोस उनको प्रस्तुति दर्शकले असाध्यै मन पराएका छन् । भिन्न भिन्न प्रकारको गीतमा मोडेलिङ गरेकी रूविनालाइ अहिले स्ट्रेज कार्यक्रमहरूमा समेत भ्याईनभ्याई छ ।

डान्स, एक्टिङ, मोडेलिङ सबैमा आफूलाई पोस्त वनाउदै अगाडि बढेकी रूविनालाई ल्याप्चे सिरियल, बुद्धि हराएको मान्छे सिरियलमा पनि देख्न सकिन्छ ।
समग्र कलाकरिता क्षेत्रमा नै क्यारिअर बनाउने अभियानमा रहेकी रूविना यतिखेर आफूले रोजेको क्षेत्रमा जम्न पाउँदा असाध्यै खुसि छिन ।


सम्बन्धित खवर