
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच संसद्मा धकेलाधकेल भएको छ । प्रतिनिसिधभा बैठकको सुरुदेखिनै नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेका थिए ।
कांग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाए । उनले राष्ट्रपति कार्यालयबाट प्राप्त केही पत्रहरू पढेर सुनाए ।
लगत्तै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूबारे उठेका प्रश्नका बारेमा जवाफ दिन समय दिए । गृहमन्त्री लामिछानेलाई समय दिनासाथ कांग्रेस सांसदहरू थप आक्रोशित बने ।
ओली कांग्रेस सांसदहरूलाई सम्झाउँदै आफ्नो आसनबाट उठेर त्यसतर्फ गएका थिए । तर, कांग्रेस सांसदसँग उनको भनाभन नै चल्यो ।