
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) अर्थात् मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको आज बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा गर्ने निणर्य गरेको हो ।
त्यस्तै त्यसको तालिका भने भोलि सार्वजनिक गर्ने बोर्डले जनाएको छ । शुक्रबार मन्त्रीस्तरीय निणर्यबाट दुई भन्दा बढी विषयमा एनजी आए पनि मौका परीक्षामा सहभागी हुन पाउने निणर्य गरेको थियो ।