
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) काठमाडौंले उपत्यकाव्यापी प्याब्सन दोस्रो कविता महोत्सव तथा साहित्य श्रष्टा सम्मान-२०८१ कार्यक्रम आयोजना गर्ने भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिइएको हो । काठमाण्डौ जिल्ला प्याब्सनले मिति २०८१-०३-२९ गते शनिवार बिहान ठिक ८ः३० बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठानकको पारिजात सभाहलमा २११ औं भानुभक्त आचार्यको जन्म दिवसको अवसरमा उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न गरिने प्रेस विज्ञप्ति मार्फत उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनको सभापति कवि गीतकार तथा प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले रहेका थिए । साथै वरिष्ठ तथा प्रमुख सल्लाहकार हरिकृष्ण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहसचिवहरु, कार्यसमिति सदस्य, र काठमाडौं उपत्यकाका सबै नगर अध्यक्षहरु, अन्य सदस्यहरु लगायत पत्रकारहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । कविता महोत्सवमा प्याब्सन सदस्य विद्यालयका ५० जना बालबालिकाहरुले भाग लिने छन् । कविता रचना गर्दा देशप्रेम, प्राकुतिक सौन्दर्य, प्रकुति प्रेम, मानवता, समसामयिक चेतना झल्कने हुनुपर्ने बताईएको छ ।

२०८१ असार २९ गते शनिबार प्रभातफेरी कार्यक्रमका साथ आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण पछि कार्यक्रम सुरु हुनेछ । कविता गद्य वा पद्य दुवै शैलीमा १५० शब्दको हुनुपर्ने आयोजकको भनाई रहेको छ । बिहन ८ः ३० बजे नेपाल प्रज्ञा भवन, पारिजात हलमा विद्यार्थीहरु सहभागी भईसक्नुपर्ने नियम रहेको समेत पत्रकार सम्मेलनमा बताए । पुरस्कार स्वरुप निम्न नगद राशी घोषणा गरिएको छ । प्रथम नगद रु. २०,०००/- मेडल तथा प्रमाण पत्र, द्धितिय रु. १५०००/-, तृतीय रु. १०,०००/-, चौथो रु. ४०००/-, पाचौं रु. ४०००/- र सान्त्वना ५ जनालाई जनही रु. ३०००/- का दरले प्रदान गरिनेछ । साथै विजेता सबैलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रम सम्पन्न पार्नको लागि काठमाण्डौ जिल्ला प्याब्सनका अध्यक्ष ,सल्लाकार, पदाधिकारी, महानगर, नगर प्याब्सनका अध्यक्ष, काठमाण्डौ जिल्ला प्याब्सनका सदस्य, महानगर नगर प्याब्सनका पदाधिकारी एवं सदस्य, शुभचिन्तक तथा सम्पूणर् काठमाण्डौ जिल्ला प्याब्सनका सदस्य विद्यालयका डाइरेक्टर एवं प्रिन्सिपलजयूहरू र सम्पूणर् मिडिया तथा पत्रकारहरुलाई हार्दिक निमन्त्रणा गर्नुको साथै सफल पारिदिनुहुन प्याब्सन काठमाडौंले सबैमा हार्दिक अनुरोध गरेको छ ।
