परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण – मोदीलाई ओलीको राजकीय भ्रमण निम्तो, जयशंकरसँग संवाद कायम गर्ने छलफल


काठमाडौँ । पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्केकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भ्रमण सफल भएको बताइन् । अपरान्न साढे ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर पत्रकार सम्मेलनमा बोल्दै राणाले मोदीसँगको शिष्टाचार भेटको अवसरमा नेपाल र भातरबीचमा रहीआएको सम्बन्धमा विचार आदानप्रदान गरेको बताइन् ।

भेटमा केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण समेत भएको उनले बताइन् । यस्तै, भारतीय समकक्षी एस.जयशंकरसँगको हैदरावाद हाउसमा दुई पक्षीय भेट व्यापार, पाहरवाहन, हवाई पन्चेश्वर, सीमा पुर्वाधार, पन्चेश्वर लगायका क्षेत्रमा छलफल भएको बताइन् ।

दुई पक्षमा भएको सम्पर्कलाई निरन्तरता दिनेमा सहमति भएको भन्दै आफूले जय शंकरले आयोजना गरेको दिवा भोजमा सहभागी भएको उनले बताइन् । भारत भ्रमणले दुई देशको आपसि सद्भाव विकासमा उल्लेख भूमिका भएको तर्क गर्दैन उनले आपसि समानता र लाभका आधारमा सहकार्यको योगदान भएको बताइन् ।


सम्बन्धित खवर