नेपाली सेनाको प्रधान सेनापतिमा सिग्देल नियुक्त


काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त हुनुभएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई प्रधानसेनापति नियुक्त गर्नु भएको हो ।

नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँलाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गरिएको हो ।


सम्बन्धित खवर