दलित समुदायको आन्दोलनप्रति भट्टराईको ऐक्यबद्धता


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न माग राख्दै काठमाडौंमा दलित समुदायले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । शनिबार काठमाडौंको माइतीघर पुगेर उनले दलितका लागि दलित अभियान, नेपालले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

त्यसक्रममा भट्टराईले दलित अधिकार र समावेशीतालाई बलियो बनाउँदै जातीय भेदभावको जरैसम्म अन्त्य गर्नुपर्ने बताए । दलित अधिकारका निम्ति उठाइएको मुद्दा निकै गम्भीर रहेको उनले उल्लेख गरे । उनले आफूले दलित समुदायका निम्ति १०-१२ प्रतिशत समावेशी अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने प्रस्ताव संविधान बनाउने समयमा राखे पनि सफल हुन नसकेको बताए ।

दलितका लागि दलित अभियान, नेपालले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको भन्दै निरन्तर धर्ना दिँदै आएको छ । राज्यका महत्त्वपूणर् निकायमा दलित समुदायको प्रतिनिधित्व गराउनका निम्ति निरन्तर दबाब दिइने अभियानले जनाएको छ ।


सम्बन्धित खवर