८४ को निर्वाचनमा कांग्रेस एक्लै लड्ने, पार्टीलाई बलियो र एकीकृत गरेर लैजाने निणर्य


काठमाडौं । नेपाली कांग्रेसले २०८४ को निर्वाचन एक्लै लड्ने गरी पार्टी संगठनलाई बलियो बनाएर लैजाने निणर्य गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपश्चात बोल्दै प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापाको प्रस्तावमाथि छलफल गर्दै संगठनलाई चलायमान बनाउने र सक्रिय सदस्य नवीकरण गरेर अगाडि बढ्ने निणर्य गरेको जानकारी दिए ।

उनका अनुसार बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनलाई परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गरिएको छ । उनले ८४ मा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा पार्टीलाई एकीकृत बढाएर अगाडि एक्लै जित्न सक्ने वातावरण बनाउन लाग्ने निणर्य भएको बताए । महतले संगठन अभियानलाई अगाडि बढाउने निणर्य गरेको बताए ।

उनले महामन्त्री विश्वप्रकाश शर्माको पेश गरेको ‘एक्जिट पोलिसी’को विषयमा छलफल गर्दा अहिले निणर्य गर्नु आवश्यकता नभएको बैठकले ठानेको बताए । उनले संविधानको पनि विषयवस्तु भएकाले संविधान संशोधनका समयमा कसरी जान सकिन्छ छलफल गर्न सकिने निणर्य गरेको बताए ।

शर्माको प्रतिवेदनमा ‘राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद ४ पटक हुन पाउने पद्धति बसाल्नुपर्छ । कांग्रेसले यो पद्धतिको अनुशरण गर्नुपर्छ, संवैधानिक बस्दोबस्तका लागि पनि कांग्रेसले यो प्रस्ताव पारित गर्नुपर्छ।’ भन्ने उल्लेख थियो । कांग्रेसले एमालेसँग भएको ७ बुँदे सहमति अनुसार अगाडि बढ्नुपर्ने निणर्य गरेको जानकारी दिए ।


सम्बन्धित खवर