
दमौली । तनहुँको आबुखैरेनी गाउँपालिका-२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ । तनहुँ प्रहरीकाअनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो । बसमा यात्रा गरिरहेका ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा १५ जना रहेको बताइएको छ ।