
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइएको छ ।
इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुभयो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भने भारतमा भएकाले उहाँ उपस्थित हुनु भएन । उहाँको अनुपस्थितिमा उपमेयर सुनिता डंगोलले विशिष्ट व्यक्तिहरूको स्वागत गर्नु भएको थियो ।