दशैं मान्न १३ लाख मानिस उपत्यकाबाट बाहिरिए


काठमाडौं । एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाअनुसार यो संख्या आजसम्मको हो । अठार लाख मानिस दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिनुभयो ।

हामीले यस वर्ष दशैंमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ, उहाँले भन्नुभयो, ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।’ अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए ।


सम्बन्धित खवर