काठमाण्डौ उपत्यकामा वर्षा, स्थानीयमा छायो खुशी


काठमाडौं उपत्यकामा बुधबार साँझ वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षा भइरहेको छ ।

देशको पहाडी भू(भागहरूमा आंशिक बदलिको अवस्था रहेको छ भने बाँकी भू(भागहरूमा बदली नरहे तापनि तुवाँलो रहने महाशाखाले जनाएको छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ । अबको दुईरतीन दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था नदेखिएको उनको भनाइ छ ।

नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नाका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकाले तुवाँलो लागेको बताइएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ ।


सम्बन्धित खवर