संसद सचिवालयले निकाल्यो रवि लामिछाने निलम्बनमा परेको सूचना


काठमाडौं । संघीय संसद सचिवालयले सहकारी ठगीको आरोपमा हिरासतमा रहेका चितवन-२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद निलम्बनमा परेको सूचना टाँस गरेको छ ।

कास्की प्रहरीको पत्र बमोजित संसद सचिवालयले आज सूचना टाँस गर्दै मुद्दा किनारा नलागेसम्म रविको सांसद पद निलम्बनमा परेको बताएको हो ।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ । रविविरूद्व सम्पत्ति शुद्वीकरण, सहकारी ठगी र संगठित अपराधको आरोपमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।


सम्बन्धित खवर