सुदूरपश्चिमका तीन जनामा देखियो नयाँ भेरियन्टको कोरोना


 

काठमाडौं : सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भएको छ।

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए।

एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएको थियो।
उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं पठाइएको थियो।

संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन् ।

अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन्। गौरीफन्टा हुँदै स्वदेश फर्केका सबैको भने कोरोना परीक्षण गरिएको छैन। नाकामा राखिएको हेल्थ डेस्कमा केहीको मात्रै एन्टिजेन र स्वाब परीक्षण गर्ने गरिएको छ।


सम्बन्धित खवर