
काठमाडौं, १ साउन । घुस काण्डमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
उनले आज दिउँसो ३ बजे सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन उनले ३२ लाख घुस रकम लिएको अडियो बाहिरिएको थियो ।
यसअघि केही दिनअघि घुस डिल अडिओ प्रकरणमा जोडिएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।