
काठमाडौं, ४ साउन । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली च्यासल आइपुगेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि ओली पार्टी कार्यालय च्यासल पुगेका हुन् ।
पूर्वराष्ट्रपति भण्डारी यसअघि नै च्यासल पुगिसकेकी छन् ।
पूर्वराष्ट्रपतिको सुविधा त्याग गरेर सक्रिय राजनीतिमा होमिएकी भण्डारीको सदस्यतासम्बन्धी विवाद देखिएको छ ।