
काठमाडौं, ११ साउन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी छिन् । उनले आज पार्टीको कामबाट अलग हुँदै बास्तोलालाई कार्यवाहक दिएकी हुन् । पोखराको जग्गा हडप्ने प्रपञ्चमा श्रेष्ठ पनि जोडिएको खुलेसँगै पार्टीभित्रैबाट पनि उनीमाथि दबाव बढिरहेको छ ।
पार्टीका संरक्षकसमेत रहेका श्रेष्ठका श्रीमान रेशम चौधरीले यसमा जवाफ दिन चुनौति दिएका थिए । यस्तै बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नभए ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी दिएका थिए ।
२४ घण्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरेर अध्यक्ष श्रेष्ठले विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् । कार्यवाहक दिनुमा भने उनले स्वास्थ्यको कारण देखाएकी छिन् ।
लामो समय राजतीतिक तथा कास्की जिल्लाकै सफल व्यवसायी बास्तोला राप्रपा नेपालको सह महामन्त्री हुँदै नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष, वरिष्ठ नेताको भूमिकामा रहेको उनी आजको मितिदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । नेता बास्तोलालाई हाम्रो पनि शुभकाना ।