लाइसेन्सको परीक्षामा फेल भएकाहरुलाई पास गराउने १९ जनाविरुद्द मुद्दा दायर


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात ब्यवस्था कार्यालय, भेरी अञ्‍चल, नेपालगञ्‍जबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको अभियोगमा १९ जनाविरुद्द विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगले दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको आरोपमा तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पबन सुबेदीसहित दुई प्रहरी र १६ जना यातायात कार्यालयका कर्मचारीहरुमाथि मुद्दा दायर गरेको जनाएको छ।

त्यसैगरी आयोगले तत्कालीन शाखा अधिकृतत्रय सिताराम खनाल र डेकराज पोखरेल ध्रुवराज देवकोटा, नायब सुब्बा ललित बहादुर वली, नायब सुब्बा केशबराज डाँगी, नायब सुब्बा हुतराज पौडेल, नायब सुब्बा सतानन्द उपाध्याय ९न्यौपाने०, नायब सुब्बा अरुण कुमार गौतम, नायब सुब्बा धर्मदत्त चौलागाई, नायब सुब्बा डिलाराम खरेल, नायब सुब्बा ओम बहादुर बस्नेत, नायब सुब्बा गणेशमान आचार्य, नायब सुब्बा सावित्री पौडेल, खरिदार चन्द्रमणी नेपाली, खरिदार केशर कुमार चपाई, हलुका सबारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जबान ओम प्रसाद देबकोटामाथि मुद्दा दायर गरेको हो।

आयोगद्वारा जारि विज्ञप्तिमा उनीहरुले लिखित परीक्षाको परिणाम फेरबदल गरिएका उत्तरपुस्तिकाहरुको सनाखत गरी परीक्षण गरेको हो भनी स्वीकार गरेको उल्लेख छ।

भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरु उपर भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुन मागदाबीसहित आयोगले मुद्दा दायर गरेको हो ।


सम्बन्धित खवर