राउटे बस्तीमा जाडाेकाे कपडा वितरण हुने,सहयाेगकाे अपिल।


“छोरी का लागि छोरी नै अभियान” सस्थाले चितवनको राउटे बस्तीमा जाडोकाे कपडा बितरण गर्ने भएको छ।
मानिसको आधारभुत आवश्यकता मध्येको एक आधारभुत आवश्यकता हाे लत्ताकपडा । न्यानो कपडा नभएकै कारण कतिपय मानिसले चिसाेकाे कारण ज्यान गुमाउनु परेको अवस्था छ । आर्थिक हिसाबले पछाडि परेको बस्ती हाे चितवनको राउटे बस्ती । उक्त ठाउँको अवस्था नाजुक रहेकाे छ ।
सामाजिक कार्यमा सकृय भुमिका निवाह गर्दै आएकि बागमती प्रदेशकि संयाेजक मुना पान्डे र केन्द्रीय अध्यक्ष लक्ष्मी नराल काे सकृयतामा उक्त काम हुन लागेकाे हाे।जसले जसरि सहयाेग गर्न सक्नु हुन्छ त्यसरि सहयाेग गरिदिनु हुन मुना पाण्डे ले आग्रह गर्नुभएकाे छ।

सम्बन्धित खवर