
काठमाडौं, ३ भदौ । जनता समाजवादी पार्टीका २० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले परमादेश दिएको विरोधमा प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जसपा नेपालका प्रवक्ता एवम् मधेश प्रदेश सदस्य र जसपा नेपालका कार्यकारिणी समिति सदस्य मनिष कुमार सुमन, किरण साह र लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अम्बिका काफ्ले, बबी सिंह, रेणुराज सिंह, केन्द्रीय सदस्य शशिकपुर मियाँ, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवाका महासचिव दिलिप पटेल लगायत छन् ।