
कालिकोटको पचालझरना गाउँपालिकामा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
पचालझरना गाउँपालिका – ८ खोलिबजार, भुराबगरमा दिउँसो आगलागी हुँदा ६ घर जलेर नष्ट भएका हुन् ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार आगलागीबाट दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृत सार्कीको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।