आत्मदाहको प्रयास गरेकी गायिका नीतु पौडेलको मृत्यु


काठमाडौं, ७ कात्तिक । आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी गायिका नीतु पौडेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कीर्तिपुर बर्न अस्पतालमा आज बिहान उपचारका क्रममा पौडेलको मृत्यु भएको हो ।

पौडेलले गत शनिबार दिउँसो अनामनगरस्थित गायक बाबुल गिरीको रेकर्डिङ स्टुडियो बाहिर आफ्नै शरीरमा आगो लगाएकी थिइन् ।


सम्बन्धित खवर