शुक्रबार ठमेलमा ‘काठमाडौँ कलिङ कन्दरा’ आयोजना गरिँदै


काठमाडौं, २५ कात्तिक । लोकप्रिय सांगीतिक समूह कन्दराले ‘काठमाडौँ कलिङ कन्दरा’ विशेष संगीत कार्यक्रम घोषणा गरेको छ ।

कार्यक्रम अन्तर्गत ब्यान्डले यही कात्तिक २८ गते शुक्रबार ठमेलको एक्सओ क्लबमा प्रस्तुति दिनेछ । स्थापनाको ३२ वर्षमा ब्यान्ड दोस्रोपटक काठमाडौँमा गुञ्जिन लागेको हो ।

ब्यान्डले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार बिसिस्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा ‘काठमाडौँ कलिङ कन्दरा’ कार्यक्रम गर्ने भएको हो  |


सम्बन्धित खवर