दल दर्ताको समय चार दिन थपियो


काठमाडौं, १० मंसिर । निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन थप गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार (आज)सम्म तोकिएको थियो ।


सम्बन्धित खवर