प्रधानमन्त्री कार्कीले दुर्गा प्रसाईंलाई पठाइन् वार्ताका लागि पत्र


काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंलाई वार्ताको लागि औपचारिक पत्र पठाएकी छन् । कार्कीले यही २२ गते वार्ताका लागि पत्र पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“सोमबारका लागि उहाँलाई वार्तामा बोलाइएको छ,” प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।

प्रसाईंका माग पूरा हुने अवस्था नभए पनि वार्ताका लागि भने बोलाइएको छ ।

“निर्वाचन सफल बनाउन पनि साना साना शक्तिलाई पनि वार्तामा बोलाउनुपर्ने अवस्था छ,” सचिवालय स्रोतले भन्यो, “प्रसाईंलाई सोमबार वार्तामा बोलाइएको छ ।”


सम्बन्धित खवर