
काठमाडौं, २१ मंसिर । प्रतिनिधि सभा विघटनविरूद्व नेपाली काँग्रेस पनि सर्वोच्च अदालत गएको छ ।
संसद पुनस्र्थापनाको माग राख्दै विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिट दर्ता भने सोमबार मात्रै हुनेछ ।
यसअघि शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । भेटवार्ता लगत्तै काँग्रेस पनि सर्वोच्चमा गएको हो । नेकपा (एमाले)ले दायर गरेको रिट यसअघि नै दर्ता भएर सुनुवाई जारी छ ।