राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा तोकियो मतदान केन्द्र


काठमाडौं,  २ पुस । आगामी माघ ११ गतेका लागि तय राष्ट्रियसभा निर्वाचनक लागि सातै प्रदेशमा निर्वाचन केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगले आज मतदानस्थल तथा केन्द्र तोकेको हो । निर्वाचन आयोगका अनुसार कोशी प्रदेशका मतदाताले कोशी प्रदेश निर्वाचन कार्यालय, बिराटनगर पुगेर मतदान गर्नुपर्नेछ। मधेश प्रदेशको निर्वाचन केन्द्र महेन्द्र नारायण निधि, मिथिला संस्कृति केन्द्र, जनकपुरमा रहनेछ।

गण्डकीका मतदाता भोट हाल्न प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनीको कर्मचारी मिलन केन्द्र घोराही, कर्णालीको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर तथा सुदूरपश्चिमका लागि प्रदेश निर्वाचन कार्यालय धनगढी मतदान केन्द्र तोकिएका छन्।

आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ‘क’ मतदान केन्द्रमा प्रदेश सभा सदस्यले मतदान गर्नेछन्। ‘ख’ केन्द्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका मेयर, उपमेयरले मतदान गर्नेछन्।


सम्बन्धित खवर