तेजेन्द्र शर्मा पौडेल, समाजसेवी एवं वरिष्ठ पर्यटन व्यवसायी लोभ, क्रोध र स्वार्थ नभएको मान्छे सफल हुन्छ । उतारचढाव त सबैको जीवनमा हुन्छ नै । त्यो उतारचढाव तेजेन्द्र शर्मा पौडेलको जीवनमा पनि भयो । तरपनि सफलताको शिखर चुम्ने सपना देखिरहेका छन् र सघर्ष गरिरहेका छन् । उनमा आत्माविस्वास सगरमाथा जस्तै उच्च रहेको छ । जसले उनलाई भेट्छन् साँञ्चै प्रेरणाको पात्र नै हुन् र बन्छन् पनि । साथै उनी सामाजिक तथा पर्यटन क्षेत्रको स्थापित नाम हो । उनको जन्म २०३० साल कार्तिक ११ गतेका दिन बुबा स्व. हेम शर्मा पौडेल र आमा हेमकुमारीको कोखबाट आरुचौर पर्वत (हाल स्याडजा जिल्ला) मा जन्मनु भएको थियो । जिज्ञासु र खोज अनुसञ्धानमा दख्खल राख्ने स्वभाव उनमा रहेको छ, जुन स्वभाव आजको दिनमा झन बढेको देखिन्छ । आकर्षण आत्माविस्वासी देखिने उनी जस्तो छन् त्यस्तै देखिन्छन् । फौजी परिवारमा हुर्केबढेका उनी ०४७ सालदेखि निरन्तर संघर्ष गरिरहेका छन् । तत्कालिन शाही नेपाली सेनामा रहनु भएका उनको बुबा त्रिचन्द्र मिल्ट्ी अस्पताल महांकालमा कार्यरत हुनुहुन्थ्यो ।
भन्छन्, बुबाको विडो थाम्ने चाहना मलाई पनि थियो, विडम्वना त्यो पुरा भएन । विरेन्द्र सैनिक आवासिय महाविद्यालय भक्तपुरमा पढ्नको लागि कोसिस गरें तर मेरो नाम निस्कन असमर्थ भयो । संयोग नै लाग्छ की त्यसपछि मेरो फौजीमा जाने सपना पूरा भएन । तर भाईले भने उक्त महाविद्यालयमा पढ्ने अवसर पायो । तर भाई पनि फौजी सफल हुन सकेन । आफु संगैका साथीभाई भर्ना भई माथिको पदसम्म पुग्नु र आफुले प्रगति गर्न नसकेको पिडाले हुन सक्छ मानसिक रोगी जस्तै बनेको अवस्था छ । तर हामी उसलाई माया प्रेम गरेर सम्झाई बुझाई गरेर अहिलेसम्म सम्हालिरहेका छौं । भाईकै पिडाले भन्नुपर्छ आमा ५३ वर्षको उमेरमै बित्नु भयो । सन्तानको पिडा सबैलाई हुन्छ, छोराछोरीको इच्छा पूरा सकिएन भने बाबु आमालाई पिडा हुन्छ । सायद बुबालाई पनि त्यस्तै भयो कि भन्ने लाग्छ । आमा तथा हामीलाई पनि पिडा नभएको होईन तर हामीले भाईलाई सम्हाल्दै चित्त बुझाउादै आएका छौं । अविष्मरणीय बन्ने कुरा यही नै छ, यो बाहेक घरपरिवार राम्रैसंग चलिरहेको छ ।

विरेन्द्र आवासिय महाविद्यालयमा पढ्ने अवसर नपाईसकेपछि बुबाले मलाई आरआर क्याम्पस प्रर्दशनीमार्गमा भर्ना गरिदिनु भयो । हाम्रो घर परिवारको आर्थिक सामाजिक अवस्था मध्यम वर्गिय परिवार हो । सामन्ती परिवार त होइन नि ? बुबा ०३७ तिर रिटायर्ड हुनु भएपछि गाँउ जानू भयो र समाजसेवा र राजनीतिको अलावा काठमाडौंबाट विभिन्न औषधीहरु लगेर गाउँ लगायत छिमेकी जिल्ला समेतलाई प्रायः निशुल्क निरन्तर वितरण गर्नुभयो । त्यसरी निरन्तर समाजसेवामा खटिनु भयो । बरु उहाँले सामन्तीहरुको विरोध गरेका कारण प्रधानपञ्चमा हराउने काम भयो । पढाईसंगै एउटा पेशा त सम्हाल्नै पर्दथ्यो । बुबाले तत्कालिन राजा विरेन्द्र सरकारको एडिसि शान्तकुमार मल्ललाई भनसुन गरेर प्रदिप शमशेरको होटल काठमाडौं ३ महिना काम गरें । त्यसपछि पहिलो निजी विमान कम्पनी नेपाल एयरवेजमा ६ वर्ष काम गरें । जहाँ वरिष्ठ सहायकदेखि अधिकृतसम्म भएर काम गरें । थोरै स्मंरण गरौं, उक्त कम्पनीमा तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाको धर्म छोरा सुरेश कोईराला समेत निर्देशकको रुपमा काम गर्नुहुन्थ्यो । उहाँ सारै मिलनसार र मञ्जाको मान्छे हुनुहन्थ्यो । उहाँ अहिले हुनुहुन्न तर सम्झना आईरहन्छ । त्यसरी ०५१,०५२ सम्म आईपुग्दा उक्त कम्पनी बन्द हुने क्रममा लुम्विनी एयरवेजमा पोखराको स्टेशन इञ्चार्जको रुपमा समेत केही समय काम गरे । नेपाल एयरवेजमै काम गर्दै गर्दा पाईलट बन्ने अवसर मिलेको थियो । त्यतिबेला विविध परिस्थिति र उतारचढावका कारण देशमै केही गर्नुपर्छ भन्ने हेतु सहित अघि बढे । विभिन्न टा्रभल एजेन्सीहरुमा काम गरें । त्यतिबेलासम्म जुद्ध शमशेरको कान्छो नाती नैनु शमशेर जवरासंग जोडिई सकेको थिए । मलाई उहाँले धर्म छोरा बनाउनु भयो अथवा म उहाँको धर्म छोरा थिए । उहाँकै अग्रसरतामा मेरो टा्रभल र मेरो एयर प्रा. लि. दर्ता गरायौं । टा्रभल त चलेकै थियो तर मेरो एयर चल्न सकेन । त्यति नै बेला उहाँको निधन भयो । त्यसपछि यहाँ तत्कालिन समयमा काममा विविध अवरोध भईसकेपछि म क्यानडा हिडें तर मलाई त्यहाँ लामो समय बस्न वा उतै पलायन हुन मन लागेन । विभिन्न अवसर छोडेर नेपाल फर्किए ।
हामीले ०५५ साल गाउँले पर्यटन नेपाल दर्ता गरायौं । सस्थापक अध्यक्ष नैनु शमशेर जवरा, उपाध्यक्षमा कुन्दन शशमशेर जवरा, महासचिवमा म तेजेन्द्र शर्मा पौडेल लगायत थियौं । संस्थापक प्रमुख संरक्षक तत्कालिन युवराज (पछि राजा पनि हुनुभएको) दिपेन्द्र शाह हुनुहुन्थ्यो । ०५८ सालमा जब दरवार हत्याकाण्ड भयो संस्था शिथिल हुन पुग्यो । किनकि उहाँको चाहना महेन्द्र प्रकृति संरक्षक कोषको शैलीमा चलाउने सोच थियो । नेपालको पर्यटनको सम्भावनालाई गाउँसम्म पुर्याउने उद्देश्य थियो विडम्वना उहाँको निधनसंगै हामी टुहुरा भयौं । लामो समय संस्था शिथिल भयो । लामो समयपछि मैले संस्थालाई पुनजागरण गरेको छु । हाल यस संस्थाको प्रमुख संरक्षकमा पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापा पुत्र सुनिल थापा हुनु हुन्छ । यस संस्था र सुर्यबहादुर थापा प्रतिष्ठान मिलेर कोभिडमा स्वास्थ्य सामग्री सहित विभिन्न राहत सामग्री वितरण गरियो । संस्थालाई अझ सक्रिय बनाएर अघि बढ्ने योजना बनाएको छु ।
गाउँले पर्यटन नेपाल संस्थाको अलावा एक्रस् वल्र्ड टा्रभल्स र एसिया नेपाल होलिडे कम्पनी सञ्चालन गर्दै आएको छु । साथै नेपाल भिलेज् स्टे को. समेत सञ्चालन गर्दै आएको छु । कराँते इन्टरनेशनल फेडेरेशन नेदरल्यान्ड सद्भावना दुत भएर काम गरिरहेको छु । साथै नेपाल सरकार पर्यटन वर्ष २०२० को केन्द्रीय सदस्यमा नियुक्त भएर समेत काम गरिसकेको छु । ०५५ सालमा मेरो २५ वर्षको उमेरमा ललितपुर निवासी उमा खड्कासंग मेरो विवाह भएको हो । उनी पूर्व चिफ कर्णेल मकरध्वज खड्काकी कान्छी नातिनी हुन् । उहाँको अर्को नातिनी पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाले विवाह गर्नुभएको थियो । त्यसरी थापा परिवार हाम्रो नातेदार पर्नुहुन्छ ।
तपाई राजावादी हो ? पौडेल भन्छन्, म जन्मदै राजावादी हो । मेरो बुबाले तत्कालिन दरबारले दिएको जागिरबाट हामी हुर्केयौं बढ्यौं । हाल देशमा राजा छैनन् । अहिले म स्वतन्त्र राष्टवादी हुं । बुबाको साथी राप्रपाको तत्कालिन महामन्त्री स्व. चन्द्रबहादुर गुरुडको सरसल्लाहमा राप्रपा नेपालको केन्द्रीय सदस्य समेत भएं तर पछि विविध कारणले पार्टी छाडें । मेरो आदर्शको नेता सुर्यबहादुर थापा हुनुहुन्छ । उहाँ एक निडर व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ जनताको मानव अधिकार, प्रेस स्वतन्त्रता र प्रजातन्त्रप्रति एक दमै प्रतिबद्ध हुनु हुनुहुन्थ्यो । हुकुमी शासनको पक्षमा हुनुहन्थेन । उदारवादी र प्रखर प्रजातन्त्रवादी थिए र देश त्यही बाटोमा जानुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो । आखिर आज देश त्यही बाटोमा हिंडिरहेको छ । उहाँ सधै सकारात्मक सोच राख्ने व्यक्तित्व हुनुहुन्थ्यो । म राजनीतिलाई विकास र नेतालाई समाजसेवी मान्छु । अर्को म कामलाई सफलता मान्छु अकुत पैसा आम्दानीलाई म सफल मान्दिन । समाजसेवा, विकासको सोच र काम राख्ने परिपार्टीलाई सफलता ठान्दछु । तर नेपालमा राजनीतिलाई पेशा बनाउने गरिएको छ जुन अत्यन्त विडम्वनपूर्ण रहेको छ । यतिबेला जनता पिडामा छन् जसलाई दुई तिहाई दिएर संसद र सरकारमा पठाए । तर आफ्नै घर झगडाले वामपन्थीहरु आरोप प्रत्यारोप गरिरहेका छन् । आजको राजनीतिक निरासाले जनतामा राजा नै यो स्थायी शक्ति रहेछन् भन्ने महसुस गरिरहेका छन् कि भन्ने लाग्छ । तर पनि जनता नै निर्णायक हुन् । आाखिर पूर्वराजा ज्ञानेन्द्रले पनि जनताको चाहनालाई स्वीकारेकै छन् । त्यसैले देशमा हिजो राजा भएकैले म लगायत सबै देशवासी राजावादी नै हुन् । तर अहिले देशमा राजा छैनन्, म पनि राजावादी होईन । देश र नेपाली भूमिलाई माया गर्ने एक सञ्चा सिपाही हुं ।
नेपाली जनतालाई पर्यटकको चेतना भएदेखि नै नेपालमा पर्यटक आउन थालेका हुन् । नेपालका जुनसुकै स्थानमा पनि पर्यटकले आफ्नो चाहना अनुसार निर्वाध रुपमा घुम्न र डुल्न पाउँछन् । विगत एक वर्षदेखि कोभिडका कारणले व्यवसायी र राज्यको अर्थतन्त्रमा असर त परेकै छ । अब कोभिडलाई पनि जिवनशैलीमा प्रयोग गर्दै उपयोग र पराजित गर्ने उपाय खोज्दै अघिबढ्नुको विकल्प छैन । पहिलो कुरा त पर्यटकलाई नेपालको वास्तविकता भनेको गाउँले पर्यटन हो भनेर चिनाउन सक्ुनुपर्छ । प्राकृतिक रुपमा नेपाल भरिभराउ रहेको छ । हिमाल, पहाड र तराई मधेश सबै क्षेत्रका गाउँमा पर्यटकलाई पुर्याउनुपर्छ । पर्यटकलाई गाउँ लैजाने नीतिलाई अझ बढी उदार र फराकिलो बनाउन जरुरी छ । ग्रामिण पर्यटकको विकासमा निजी क्षेत्रलाई राज्यले प्रोत्सान गर्नुपर्छ । यसका निम्ति सरकारी नीति र मापडण्ड सरल र उपयोगी बनाउनुपर्छ । पर्यटक प्रवद्र्धनको निम्ति प्राथमिकतामा राखेर सोही अनुसारको जनशक्ति बढाउनुपर्ने हुन्छ । पर्यटक ल्याउन गरिने प्राथमिकताको काम भनेकै अन्तराष्टिय स्तरसम्म पहुँच र सम्बन्ध विस्तार हो । यसका निम्ति सरकारले प्रचारात्मक गतिविधिहरु बढाउनुपर्ने हुन्छ । नेपालमा पर्यटन प्रवद्र्धन र विस्तार गर्ने मुख्य निकाय नेपाल पर्यटन बोर्ड नै हो । उसको उद्देश्यलाई साथ दिने हाम्रो दायित्व पनि हो । तर पर्यटन राजनीति गर्ने काम कहींकतैबाट हुनुहुंदैन । पर्यटन क्षेत्रभित्र अहिले देखिएको समस्या र जे जति कमि कमजोरी छन् त्यसलाई सुधारको निम्ति पर्यटन व्यवसायी, विज्ञ, संघीय तथा प्रदेश सरकारले विभिन्न पर्यटकीय संघ संस्थासहितको गोलमेच अथवा छलफल गर्नुपर्छ । साथै संयन्त्र नै बनाएर पर्यटन क्षेत्रभित्र देखिएको समस्या समाधान गर्नु आवश्यक छ । यस अभियानमा अब ढिला गर्नु हुदैन ।
प्रस्तुतिः बसन्त परियार