
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएको अवधिमा राजनीतिक दल र उम्मेदवारलाई प्रचार–प्रसार गर्न अनुमति दिएको छ।
आयोगका अनुसार निर्धारित समयसीमाभित्र मात्रै चुनावी गतिविधि सञ्चालन गर्न पाइनेछ।
आयोगले प्रचारका क्रममा दल, उम्मेदवार र समर्थकलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। तोकिएको समयपछि भने कुनै पनि प्रकारको प्रचार गर्न नपाइने स्पष्ट पारिएको हो।