पक्राउ पुर्जी जारी भएपछि बोले देउवा, भने– मेरो सम्पत्तिको विषयमा भ्रामक र झुटा प्रचारबाजी भयो


काठमाडौं । सम्पत्ति शुद्वीकरण मुद्दामा पक्राउ पूर्जी जारी भएपछि नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुख खोलेका छन् ।

विदेशमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत आफू र आफ्नो परिवारको सम्पत्तिबारे भइरहेको प्रचार भ्रामक रहेको दावी गरेका हुन् ।

उनले सार्वजनिक पदमा रहँदा कानुनअनुसार आफू र परिवारले आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा बुझाउँदै आएको उल्लेख गरेका छन् ।

‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन् ।

देउवाले सन् १९९१ मा गृहमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गर्न सम्बन्धित ऐन अघि बढाएको र सन् २००२ मा प्रधानमन्त्री हुँदा भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन पनि ल्याइएको स्मरण गराएका छन् ।


सम्बन्धित खवर