नेपाल समाजवादी काङ्ग्रेसले संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै थाल्यो आन्दोलन


१५ असार ,काठमाडौं / नेपाल समाजवादी काङ्ग्रेसले संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै सडक तताउने अभियानलाई आज बाट तीब्र पारेको छ।

 

समाजवादी काग्रेसका अध्यक्ष गोबिन्द निरौलाको अध्यक्षतामा बिहिबार राजधानीमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले सडक आन्दोलन चर्काउने निर्णय गरेको थियो।

 

राष्ट्रियता, प्रजातन्त्र, हिन्दुराज्य, राजसंस्था, जस्ता माग राखेर उअसले आज रत्नपार्क स्थित शान्ति वाटिकामा बिरोध कार्यक्रम सम्पन्न गरेको हो। लाचार र अपाङ्ग सरकारलाई सहि ट्रयाकमा ल्याएर आफुहरुले भने बमोजिमको ब्यबस्थाको तयारी गर्ने उक्त पार्टीको रणनिती छ। तस्करी र कालोबजारीले मुलुकलाई दुर्गन्ध बनाएको भन्दै आन्दोलनमा होमिएर आन्दोलनको आँधी बेहरी मार्फत ओली सरकारलाई घुंडा टेकाउने पार्टी अध्यक्ष निरौलाले बताए।

 

पार्टीले उद्योग र उत्पादन बिना देशको अस्तित्व संरक्षण हुन नसक्ने निष्कर्ष निकाल्दै निकासको निम्ति संघियता र धर्मनिरपेक्षताको खारेजी अनिवार्य भएको, त्यसको निम्ति राष्ट्रिय नागरिक आन्दोलनको बिकल्प नरहेको निर्णय समेत गरिसकेको छ।

 

जवसम्म देशमा प्रजातन्त्र, हिन्दुराज्य र राजसंस्थाको स्थापना हुदैन तबसम्म पार्टीको आन्दोलन जारी राख्ने निर्णय भएको निरौलाको भनाई छ। आजको कार्यक्रममा देखिएका सहभागीको संख्याले उक्त पार्टीको जनमत ओली सरकारको जग हल्लौना पर्याप्त रहेको आन्दोलनलाई नियालेका एक सुरक्षाकर्मीले नाम सार्बजनिक नगर्ने शर्तमा बताए।

 

उक्त पार्टीले संबैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानिय श्वशासन, समाजवादी अर्थनीति, विशेष अधिकार सहितको राजसंस्थालाई मूल बिषय र मुद्दा बनाएको छ।


सम्बन्धित खवर