काठमाडौं /महानगरीय प्रहरी वृत्त जगातीले एकै व्यक्ति विरुद्ध एकैदिन ६ वटा मुद्दा दर्ता गरेको छ ।
लामो समयदेखि बटुवा महिला तथा बालिकालाई सार्वजनिक स्थानमा यौनजन्य हिंसा गरेको अभियोगमा प्रक्राउ परेका रामेछाप सुनापाती गाउँपालिका–५ रुपाकोट घरभई भक्तपुर कमलविनायक बस्ने ३६ वर्षीय चमार सिं तामाङविरुद्ध ६ वटा मुद्दा दर्ता गरेको हो ।
सूर्यविनायक र भक्तपुर नगर क्षेत्रका स्थानीय महिला, बटुवा लगायतलाई सार्वजनिक स्थानमा यौनाङ देखाउने, महिलाका संवेदनशील अंगमा छुने जस्ता यौनजन्य हिंसा गरेको अभियोगमा वृत्त जगातीले तामाङलाई बुधबार पक्राउ गरेको हो ।
तामाङ विरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट अभद्र व्यवहार मुद्दामा ७ दिन म्याद थप भएको वृत्त प्रमुख डीएसपी राजेश थापाले बताए ।
डीएसपी थापाका अनुसार निज प्रतिवादी तामाङका विरुद्धमा सार्वजनिक स्थानमा यौनाङ देखाउन नहुने मुद्दामा समेत मुद्दा दर्ता भई अन्य ४ जना पीडित महिलाको समेत जाहेरी दर्ता गरी म्याद थपका लागि अनुसन्धान भइरहेको छ । कान्तिपुरमा खबर छ ।