काठमाडौं / नेपाली काँग्रेस केन्द्रीय बाढी पहिरो विपत व्यवस्थापन समितिको संयोजक पुर्व मन्त्री मोहन बस्नेतले देशै भरका बाढीपहिरो पीडितहरु हर्षित हुने लोकप्रिय निर्णय गर्नुभएको छ ।
बस्नेतले नेतृत्व गरेको समितिले आजै एक विज्ञप्ति जारी गर्दै २०७८ सालको सुरुवात देखि बाढी र पहिरोमा परि निधन भएका देशैभरका प्रत्येक परिवारलाई जनही रु. २५ हजारका दरले दिने घोषणा
गरेका हुन् ।
जुन निर्णयले देशैभरका बाढी पहिरो पीडितलाई ठूलो राहत मिल्ने भएको छ ।
बस्नेतलाई नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको असार ४ गते सम्पन्न बैठकद्वारा समन्वय समितिको संयोजक तोकिएको थियो ।