
काठमाडौँ — असार २७, २०७८।
विगत केही समयदेखी सौन्दर्य जगतमा विभिन्न कार्यक्रमहरुको निरन्तरतासंगै ओन कृयसन प्रा.लि.ले सर्लाही जिल्लामा रहेका युवा युवतीहरु लक्षित “मिस्टर एण्ड मिस सर्लाही, २०२१” नामक सौन्दर्य कार्यक्रमको आवेदन फारम खुल्ला गरेको छ ।
यो प्रतियोगितामा १६ देखी २८ वर्ष उमेर समूहका युवायुवतीहरुले सहभागिता जनाउन पाउनेछन । उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास उच्च शिक्षा अध्ययनमा सहयोगि र मनोरन्जन तथा मोडलिङयात्राको लागि पनि सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएकोे आयोजक संस्थाका सिईओ बिशाल महरले जनाएका छन ।
प्रतियागिताको ग्राण्ड अडिसन २०७८ श्रावण १६ गते सर्लाहीको बरहथवास्थित सर्लाही होटलमा हुने आयोजक राहुल जयसवालले जनाएका छन । उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७८ साल श्रावण तेस्रो सातावाट प्रशिक्षण प्रदान गरिने छ ।
प्रशिक्षणको क्रममा मोडलिङ ,फेशन सो , र्याम्प सो , शारारिक फिटनेश ,फोटो सेसन, टेवल म्यानर, फोटोग्राफी शिक्षा सासेसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरु ,वाल आश्रम, वृद्धा आश्रम साथै मिडिया सम्वन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक जयसवालले जनाए ।
प्रतियोगिताका विजेताले “मिस्टर एण्ड मिस सर्लाही, २०२१” को ताज उपाधि सहित म्यूजिक भिडियो खेल्ने अवसरका साथै अन्य गिफ्टहयाम्पर प्रदान गरिने छ । साथै फस्ट रनर अप र सेकेण्ड रनर अपले विभिन्न उपहारहरु पाउनेछन र त्यसैगरि मोडलिङ करियरमा प्रवेश गर्नेहरुको लागि पनि सहयोग गरिने जनाईएको छ ।